ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

0
648

मोरङ।
मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा आईतवार साँझ ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा स्कुटर चालक दुहवी नगरपालिका–११ का १८ बर्षीय रुपेश चौधरी र पछाडी सवार रहेका १७ बर्षीय चन्द्र प्रकाश चौधरी घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाईएकोमा स्कुटर चालकको उपचारकै क्रममा मृत्यु भएको हो ।

अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here