बिर्तामोड ।

नेपाल रेडक्रस सोसाइटी घैलाडुव्वा उपशाखाको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय ९५ जनाको आँखा परिक्षण गरिएको थियो ।
शिविरमा सहभागी मध्ये ३३ जनामा मोतियाविन्दू भेटिएकाले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइएको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी घैलाडुव्वा उपशाखाका सभापति केशवप्रसाद शर्मा वेडारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका मन्त्री चन्द्रप्रसाद चुडालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपसभापति शुशीलकुमार श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र विशेषज्ञ कविता कार्की कडरियाले आँखामा लाग्ने रोग र त्यसबाट वच्ने उपायका वारेमा जानकारी गराएकी थिइन् ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी घैलाडुव्वा उपशाखाका सचिव विष्णुप्रसाद चुडालले गरेको सदस्य महानन्द सिटौलाले जानकारी दिए ।































