अनिल वाग्ले/झापा ।

नेपाल जेसीजको रत्ननगर चितवनमा पौष ९ देखि १२ गतेसम्म भएको ४६ औं राष्ट्रिय महाधिवेशनमा ‘राइज टु लिड लिड फर चेन्ज एण्ड डेभलपमेन्ट’ शीर्षकमा गराइएको राष्ट्रव्यापी बक्तृत्वकला प्रतियोगितामा बाहुनडाँगी जेसीजका महासचिव देबु वानियाँले प्रथम स्थान हासिल गरेका छन् ।
त्यस्तै पर्वत जेसीजकी निरुता शर्मा दोस्रो र धुलिखेल जेसीजका भुवन खरेल तेस्रो भए । बाँनियाले एरिया ए का ३९ शाखालाई पछि पार्दै एरिया ए बाट प्रतिनिधित्व गरेका थिए भने शर्माले एरिया बी र खरेलले एरिया सीको प्रतिनिधित्व गर्दै राष्ट्रिय महाधिवेशनमा आआप्mनो एरियाबाट प्रतिनिधित्व गरेका थिए ।
प्रथम हुने देबु एक दशक बढी समयदेखि पत्रकारिता तथा शिक्षण पेशामा आवद्ध छन् ।































