४० करोडमा होटल

0
754

इटहरी,

इटहरीको गोरखा डिपार्टमेण्ट स्टोरले ४० करोड रुपैया लगानीमा सुविधा सम्पन्न गोरखा होटल सञ्चालनमा ल्याउने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर आगामी पुस १६ गतेदेखि सप्ताहव्यापी रुपमा उद्घाटन हुने सो होटल पूर्वी नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएकाले त्यसलाई लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको सञ्चालक बलराम आचार्यले बताए ।

होटल सञ्चालनले पूर्वी नेपालमा आउने स्थानीय तथा बाह्य पर्यटकलाई पनि सहयोग पुग्ने बताइएको छ । यही पुस १६ गतेबाट सञ्चालनको तयारी रहेको होटलको स्विट एक्ज्युकेटिभ, डिलक्ससहित ४२ कोठाबाट सेवा प्रदान गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here