केशव राज भण्डारी/झापा ।

प्रदेश सरकारद्वारा बीऊ र मलमा ५० प्रतिशत अनुदान पाए सँगै झापाको कमल गाउँपालिकाका कृषक आलुखेती तर्फ आकर्षित भएका छन ।
झापाको कमल गाऊँपालिकाका विभिन्न ७ वटा कृषक समूहहरुले विगत बर्ष देखिनै जिल्लामै नमूना आलु खेती गर्दै आएका छन । विगत वर्ष वाटै आलु पकेट कार्यक्रम मार्फत आलु खेती गर्दै आएका कृषकहरुले यस वर्ष ६५ विगाह क्षेत्रफलमा आलु खेती गरेका छन ।
सामन्य घरको भान्साको प्रयोगका लागि मात्रै रोपिने आलु पछिल्लो समय झापाको कमल गाउँपालिका कृषकहरुले समूह निर्माण गरेर व्यवसायिकरुपमा खेती अगाडि वढाएका छन् । झापको कृषि ज्ञान केन्द्र मार्फत प्रदेश र स्थानीय सरकारले विऊ र मलमा ५० प्रतिशत अनुदान उपलव्ध गराए पछि आलुको पकेट क्षेत्रलाई थप ब्यवस्थित वनाउदै प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तर्गत आलु ब्लक क्षेत्र स्थापनाका लागि यस क्षेत्रमा मेशिनको प्रयोग गरेर ६५ विगाहा ७ कठ्ठा क्षेत्रफलमा आलु खेती गरिएको वरिष्ठ आइपियम सहजकर्ता तथा आइपियम कृषि सहकारी सँस्था लि. का कोषाध्यक्ष टंक कट्टेलले जानकारी दिए ।
बृहतर आलु उत्पादनको क्षेत्रमा योगदान गरिरहेको कमल गाउँपालिकामा आलु उत्पादन मात्र हैन यसको परिकार वनाउने काम समेत सुरुहुने भएको छ । आलु वाट वन्ने चिप्स उद्योग स्थापनाका लागि मोदर गार्डेन प्राली र आइपियम कृषि सहकारीको संयुक्त लागत सहभागितामा करिव ३५ लाख लगानिमा उद्योग स्थापनाको काम समेत काम अगाडि वढाइएको छ ।
जसले गर्दा आलुको वजारीकरणको समस्या केहि हद सम्म समाधान हुने लेखिएको छ । विगत वर्षहरु वाटै व्यवसायिकरुपमा आलुको गुणस्तरीय विऊ उत्पादन र विक्री गर्ने गरेको आइपियम कृषि सहकारी सँस्थाका अध्यक्ष याम वहादुर राईले वताए ।
कमल गाउँपालिकाका ७ वटा कृषक समूहका १६५ जना किसानको सहभागितामा झापा जिल्लामै नमूना र बृहतरुपमा खेती शुरु गरिएको गाऊँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताउनु भयो ।
निशुल्क प्राविधिक सेवा सहित मल, विउ, टाइकोडर्मा जैविक विषाधी, ढुसीनासक विषादी, ५० प्रतिसत अनुदान सहित आलु ब्लग स्थापना हुने यस क्षेत्रमा स्थानियरुपमा उत्पादित टाइकोडर्मा जैविक विषादीको प्रयोग र प्राङ्गरिक मलको प्रयोगलाई प्राथमिकता राखेर आलु खेतीलाई प्राथमिकता दिएको छ ।
एक कठ्ठा वरावर १५ मन उत्पालन हुने यो बर्ष झण्डै ७ सय ८० मेट्रिकटन हाराहारीमा आलु उत्पादन गर्ने लक्ष्य रहेको आइपियम सहजकर्ता तथा आइपियम कृषि सहकारी सँस्था लि. का कोषाध्यक्ष टंक कट्टेलले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु ब्लग कार्यक्रम अन्तर्गत आलु भण्डारका लागि रु ७ लाखको लगानिमा भवन निर्माण, रु ६ लाख लगानिमा १० वटा साना सिंचाइ कार्यक्रम, रु १ लाख ५० हजार लागतमा १६ वटा भकारो सुधार कार्यक्रम । ३० हजार रुपैंयाको लागतमा पावर स्प्रे ५ थान र प्रांगारीक मल उत्पादनमा केहि खर्च गरिने कोषाध्यक्ष कट्टेलले जानकारी दिए ।






























