शंङ्कास्पद अवस्थामा म्यानपावर व्यवसायी मृत फेला

0
937

झापा,

परदेशी ओमरसिजका सञ्चालक महेश लोक्ताम आज शंकस्पद अवस्थामा मृत भेटिएका छन् ।

अर्जुनधारा – ११ वुट्टावारीस्थित गिरीवन्धू टि– स्टेटमा चियाको वुट्टामा घाटीमा डोरी बाधिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

बिर्तामोड– ५ निवासी ४० वर्षीय लोक्ताम गत पुस ५ गतेदेखि वेपत्ता भएको बताइएको छ । चियाको वुट्टामा घाटीमा डोरी बाधिएको अवस्थामा मृत व्यक्ति फेला परेको स्थानीय वासीको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको बताइएको छ ।

लोक्तामको शव शंङ्कास्पद अवस्थामा भेटिएकाले पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here