राँटो र पिरती

0
1026

कथा

भूवन तामाङ,

एक किसानको घरमा एक लक्का जवान युवा काम खोज्दै आइपुग्छन् । किसान युवाको कुरा पत्याउँदैनन् किनकि युवाको जिउडाल हेर्दा काम गरी खाने मान्छे जस्तो लाग्दैन । ती युवा भन्छन्– ‘तपाईको धेरै खेतबारी छ र जोत्ने मान्छे खोज्दै हुनुहुन्छ भन्ने सुनेर आएको हुँ ।’ किसान सोध्छन्– ‘त्यो त हो तर तिमीले साँच्चै खेत जोतौला त ?’ युवक मुसुक्क हाँस्दै भन्छन्– ‘मैले पहाडमा पनि खेतै जोतेर आएको हुँ । मेरा गाउँले साथीहरु अरबतिर गए तर म भने आप्mनै देशमा दुःख गर्छु भनेर काम खोज्दै तराई झरेको हुँ ।’ किसान जवाफमा भन्छन्– ‘ए ।’ युवा प्रष्ट्याउँछन्– ‘मेरो जिउडाल हेर्दा ठग जस्तै लाग्दो हो तर म साँच्चै काम गर्ने खालको हुँ । काम दिएर त हेर्नुहोस् मालिक !’

किसान सोध्छन्– ‘भाइ तिमी कसरी काम गर्छौ त ? महिनावारी कि वर्षको हिसाबमा भन त ?’ एकछिन् मौन रहेपश्चात युवा भन्छन्– ‘अब मालिक ! चलेको भाउबेस्सा र रेटभन्दा धेरै मैले किन माग्नु र ?’ किसान भन्छन्– ‘ए तिमीलाई त सबै थाहा छ जस्तो छ, ल ठ्याक्कै भन त कसरी काम गर्छौ ?’ युवा भन्छन्– ‘भनिहालेँ नि मैले किन बढी माग्छु र उही चलेकै रेट, खान बस्न दिएर दिनको हजार रुपैयाँ भए भई हाल्यो नि । यो रेट हुन्ञ्जेल वर्षदिनसम्मलाई पक्का काम गर्छु ।’ रेट सुनेर किसान तिलमिलाउँछन् । तर, गाउँमा यस्तै रेट या चलन चलेको छ । नत्र काम गर्ने मान्छे पाउनै नसकिने भइसक्यो । उनलेमात्र कम रेटमा मान्छे पाउने होइनन् । कि त जहान परिवारै लागेर खेती उकास्न सक्नु प¥यो ।
किसान नबोलेकाले युवा सोध्छन्– ‘खोई मालिक त बोल्नु भएन नि ?’ किसान भन्छन्– ‘सासै अड्किने रेट भन्छौ त भाइ अनि म के बोलुँ त ?’ युवा भन्छन्– ‘लु मालिक हजुरकै गाउँमा यस्तै रेट चेलेको रछ त । म त पहाडको चिसो पानी पिएको मान्छे हुँ । दुईजनाले गर्ने काम म एक्लैले गरिदिन्छु मालिक ।’ आखिरमा किसान सहमत हुन्छन् ।

किसानको हलगोरु पनि ती युवासँग सदिन्छ । अघिल्लो हलिले भन्दा छिटै र धेरै खेत जोतेको देखेर किसान औधी खुशी हुन्छन् । खेत जोत्ने, घाँस काट्ने, कुँडो पकाउने, दाउरा चिर्ने, खेतमा पानी पटाउने, वस्तुभाउ स्याहार्ने आदि काम मुलुकै गर्दा रहेछन् । तर, एकदिन किसानले युवाको कमजोरी पत्ता लगाउँछन् र रिसले मुर्मुरिँदै भन्छन्– ‘ए भाइ ! तिमी त खेत राम्रोसँग जोत्दैनौ रछौ त ।’ मालिकको यस्तो कुरा सुनेर युवक पनि तीन छक्क पर्छन् र सोध्छन्– ‘कसरी मालिक ? मैले के कमी गरेँ र गाँठे ?’ किसान रवाफसँग भन्छन्– ‘तिमी खेत जोत्दा राँटो छाड्दा रछौ । यसरी त मेरो सप्पै खेत र बाली बिग्रिहाल्छ नि । त्यसैले तिमी भोलिदेखि काम छाड र बाटो लाग ।’

मालिकको कुराले युवक रन्थनिन्छन् । बारीमा गएर आपूmले जोतेको हेर्छन् । मालिकले भनेको कुरा सत्य नै पाउँछन् । कसरी यस्तो भयो ? युवक आपैm चकित पर्छन् । पहाडमा कति अप्ठ्यारा खेत जोतियो कहिल्यै राँटो छाडिएको थिएन, तर यहाँ त अचम्मै भयो । लौ बित्याँसै प¥यो । युवक यस्तै सोच्छन् । युवक साँझमा मालिकसँग भन्छन्– ‘हो रछ मालिक ! खेतमा राँटै छाडेछु । म भोलि सखारै बाटो लाग्छु । मलाई केही दिनुपर्दैन ।’ किसान केही बोल्दैनन् ।

भोलिपल्ट बिहान युवक पोको पन्तुरो बोकेर हिँड्न ठिक्क पर्छन् । मालिक भन्छन्– ‘त्यो पोको एकैछिन् यहीँ राख र मसँग एकैछिन् खेतमा हिँड त ।’ युवक आज्ञाकारी बालक भैmँ मालिकको पछि–पछि लागेर खेतमा पुग्छन् । युवक सोध्छन्– ‘मालिक मलाई किन यहाँ ल्याउनु भयो फेरि ?’ मालिक भन्छन्– ‘लु भन त भाई तिमीले तिम्रो पहाडमा कसलाई छाडेर आयौ ?’

युवकको दिमाग नै सन्न हुन्छ । युवक धेरै कुरा सम्झन्छन् । आमा, बाबु, भाइबहिनीलाई सम्झन्छन्– ‘तर मालिकले किन सोधे ?’ भनेर मनमनै प्रश्न गर्छन् । यत्तिकैमा किसान सोध्छन्– ‘ल भन त भाइ ! पहाडमा कसलाई छाडेर आयौ ?’ युवक भन्छन्– ‘आमा, बाबु, भाइबहिनीलाई छाडेर आएको हुँ ।’ किसान थप सोध्छन्– ‘उनीहरु बाहेक ?’ निकैबेरको मौनतापछि युवकको खोपडीमा एक्कासी क्लिक हुन्छ । उसले आप्mनी मायालुलाई छाडेर आएको सम्झन्छ । किसान पुनः सोध्छन्– ‘खोइत बोलेनौ त ?’ युवक भन्छन्– ‘हो मालिक मैले अर्कै कसैलाई छाडेर आएको रछु ।’ किसान विश्वासका साथ भन्छन्– ‘तिमी यहाँ भए पनि तिम्रो मन पहाडमै तिनकै साथमा रहेकाले तिम्रो मन राम्ररी काममा गएन र खेत जोत्दा यि यसरी राँटो छाड्यौ । हो कि होइन ?’ भन्दै खेतको राँटो देखाउँछन् ।

निकै बेरपछि युवक लजाउँदै र खितिति हाँस्दै भन्छन्– ‘हो मालिक !’ मालिक जोडदिँदै भन्छन्– ‘तिम्रो मन चोर्नेलाई यतै बोलाऊ र घरजम गर ।’ युवक केही बोल्दैनन् । मालिक पुनः भन्छन्– ‘अब तिम्रो बिमार पत्ता लाग्यो र औषधि पनि मैले बताइदिएँ । मेरैमा मजाले काम गर्दै जाऊ बिस्तारै घरघडेरी पनि जोड्दै जाउला । च्याउँम्याउँ पनि पाउँदै जाउला ।’

किसानले यति के भनेका थिए– भोलिपल्टदेखि युवकले खेत जोत्दा कहिल्यै राँटो राखेनन् । उनले जोतेपछि खेतमा अघिल्ला वर्षभन्दा धेरै अन्न फलेको भनेर किसानले युवकलाई उल्टै अन्न बकस पनि दिन्छन् । युवक आपूm पनि तीन छक्क पर्छन्, राँटो र पिरतीको खेल देखेर । किसान पनि आप्mनो पुरानो अनुभवदेखि आपैm चित खान्छन् र मरिमरि हाँस्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here