सृष्टिको चोखो माया कसलाई ?

0
1236

गायक नारायण थापाको ‘चोखो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको हो ।

डा. राजु बाबु थापाको शब्द रहेको उक्त गीतमा केशव पौडेलको संंगीत रहेको छ भने भुपेन्द्र पौडेलको एरेञ्ज रहेको छ । गीतको म्युजिक भिडियोमा कमल सिंह, सृष्टि आचार्य र प्रजोल भट्टराईको अभिनय रहेको छ ।

उक्त गीतको भिडियो अभेष बज्राचार्यले छायांकन गरेका छन् । माया प्रेम र बिछोडको भाव समावेश गरिएको उक्त गीतमा उनीहरुको बिछोड र बिछोडको पीडा देख्न सकिन्छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई माधव बेलबाशेले संपादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here