बाह्रदशीमा ७५०० जनलाई आयुर्वेद उपचार सेवा, विद्यार्थीको विद्यालयमै रक्त समूह परीक्षण (भिडियोसहित)

0
32

झापा,  नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । देश संघीय शासन प्रणालीमा गइरहेकाले संघीय संरचनाको वस्तुगत धरातलमा आधारित रही गुणस्तरीय स्वास्थ्य सेवालाई सबै नागरिकको सर्व सुलभ पहुँचमा पु¥याउनु राज्यको दायित्व हो ।

नेपालमा १७ औ शताव्दीमा सिंहदरवार बैद्यखानाको स्थापना भएसंगै आयुर्वेद उपचार पद्यतीको विकास भएको पाइन्छ । वि.स. १९४७ सालमा वीर अस्पतालको स्थापना भएसंगै नेपालमा आधुनिक चिकित्सा पद्दतीको संस्थागत विकास भएको हो । समग्रमा भन्ने हो भने आयुर्वेद चिकित्सा पद्दतिलाई मातृ विज्ञानका रुपमा लिइन्छ । जुन पद्दति आज पर्यन्य वहु उपयोगी रहेको छ ।

मुलुकमा संघीयतापछि स्थानीय तह र प्रदेश सरकारले पनि स्वास्थ्य लगायतका सेवालाई जिम्वेवारी वहन गरेसंगै आम नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिइरहेका छन् । गुणस्तरीय स्वास्थ्य सेवाको प्रवद्र्धन गरी सबै नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउ सरकार लागि परेको छ । यसैक्रममा वाह्रदशी गाउँपालिकाले पनि आफ्ना नगरिकलाई सरल र सहज ढंगले स्वास्थय सेवा उपलब्ध गराउन तल्लीन देखिन्छ ।

वाह्रदशी गाउँपालिकाले आधुनिक चिकित्सा प्रणालीसंगै आयुर्वेद उपचार पद्यतीको विकासका लागि उल्लेख्य भूमिका निर्वाह गरेको छ । जसका कारण बाह्रदशी गाउँपालिकावासीले सहज रुपमा आयुर्वेद स्वास्थ्य सेवा लिइरहेको पाउन सकिन्छ ।
आर्थिक वर्ष २०८१ ÷ ०८२ मा बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले अनुकरणीय काम गरेको पाइएको छ । सिमित श्रोत र साधनको उपयोग गर्दै बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले हालसम्म महत्वपूर्ण ११ वटा कार्यक्रम सम्पन्न गरेको छ ।


बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले हालसम्म गरेका कार्यक्रमहरु :

१ वडा स्तरीय ज्येष्ठ नगरिक स्वास्थ्य प्रर्वधन कार्यक्रम
२ निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर कार्यक्रम
३ आयुर्वेद तथा स्वास्थ्य जीवन शैली अभिमुखीकरण कार्यक्रम
४ गाउँ घर तथा शहरी स्वास्थ्य क्लिनिक कार्यक्रम
५ राष्ट्रिय आरोग्य तथा धनमन्तरी दिवस
६ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह परीक्षण
७ शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचार सम्वन्धि प्रशिक्षण
८ विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम
९ वडा स्तरमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन
१० ज्येष्ठ नागरिकसंग भेटघाट कार्यक्रम
११ नागरिक आरोग्य कार्यक्रम

स्तनपाई दुई सय आमाहरुलाई दुग्धवर्दक औषधि वितरण गर्दै आयुर्वेद स्वास्थ्य शाखाले सात हजार पाँच सय जनालाई ओपीडी र चार सय २२ जनालाई ल्याव सेवा प्रदान गरेको छ । प्रदान गरिएका सेवा मध्ये निःशुल्क स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच, निःशुल्क औषधि वितरण लगायत छन् । बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले प्रदान गरेको कार्यक्रम मध्ये

वडा स्तरीय ज्येष्ठ नगरिक स्वास्थ्य प्रर्वधन कार्यक्रम

यो कार्यक्रम सञ्चालनपछि चार सय ५० जना ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका थिए । जुन कार्यक्रम २०८२ साल जेठ ४ गतेबाट १३ गतेसम्म सञ्चालन गरिएको थियो । जहाँ ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण, प्रयोग शाला जाँच सेवा र निशुल्क औषधि वितरण गरिएको थियो ।

निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर

२०८२ साल वैशाख ६ गते बाह्रदशी गाउँपालिका ३ स्थित पशुपति माध्यमिक विद्यालय राजगढमा सञ्चालन गरिएको निःशुल्क विशेषज्ञ आयुर्वेद सवास्थ्य शिविर अर्काे महत्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रम अन्तरगत तीन सय ५० जना सेवा ग्राहीलाई ओपीडी सहित भिडियो एक्स रे, प्रयोग शाला जाँच , फिजियो थेरापी, नाक . कान . घाटी , आँखा जाँच, दात तथा मुख परीक्षण लगायत निःशुलक औषधि वितरण गरिएको थियो ।

आयुर्वेद तथा स्वास्थ्य जीवन शैली सम्वन्धि एक दिने अभिमुखी करण कार्यक्रम

राजगढ सामुदायिक सिकाई केन्द्रमा आयोजना गरिएको यो कार्यक्रम बाह्रदशी गाउँपालिका भित्र बसोवास गर्ने अपाङ्गता भएका व्यक्ति लक्षित थियो । जुन कार्यक्रम मार्फत ८० जना लाभान्वित भएका छन् । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवाको विषयमा जानकारी दिँदै आयुर्वेद औषधिको प्रयोग र यसको महत्वका विषयमा प्रकाश पारिएको थियो ।

गाउँघर तथा शहरी स्वास्थ्य क्लिनिक कार्यक्रम

पछिल्लो समय नसर्ने रोगका विरामी बढ्दै गएपछि यसलाई रोकथाम तथा उपचारका लागि बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले छुट्टै रणनीति अबलम्वन ग¥यो । जस अन्तरगत नसर्ने रोग व्यवस्थापन कार्यक्रम समुदाय स्तरमा पु¥याउन आयुर्वेद स्वास्थ्य शाखाले पालिका भित्र रहेका सात वटै वडामा कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तरगत वडा नम्वर १ मा महिनाको १० र २५ गते तथा वडा नम्वर ६ मा ५ र २० गते कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुन कार्यक्रमबाट ६ सय जना भन्दा बढी लाभान्वित भएका छन् ।

राष्ट्रिय आरोग्य दिवस तथा धनमन्तरी दिवस

आयुर्वेदका प्रर्वतक धनवन्तरीको जन्म दिन आयुर्वद चिकित्सा विज्ञानका लागि आफैंमा महत्वपूर्ण दिन हो । यो दिन हरेक वर्ष बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले फरक फरक कार्यक्रमको आयोजना गर्दै मनाउने गरेको छ । यो वर्ष राष्ट्रिय आरोग्य दिवस तथा धनमन्तरी दिवसको अवसर पारेर रक्तदान कायृक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर झापाको प्राविधिक सहयोग भएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त परीक्षण कार्यक्रम

झट्ट सुन्दा यो कार्यक्रम सामान्य लागे पनि बाह्रदशी गाउँपालिकामा यो कार्यक्रम निक्कै प्रभावकारी छ । सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ७ देखि कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीको रगत परक्षण गर्दै उनीहरुको ब्लड ग्रुप समूहका विषयमा जानकारी दिइएको छ । जसका कारण भविश्यमा हुनसक्ने सम्भावित स्वाास्थ्य जोखिम न्यूनीकरणमा सहज हुने अपेक्षा राखिएको छ । १६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १२ सय विद्यार्थीको ब्लड ग्रुप छुट्याउँदै उनीहरुलाई कार्ड बितरण गरिएको छ ।

विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचार सम्वन्धि तालिम

बाह्रदशी गाउँपालिका भित्र रहेका सामुदाियक र संस्थागत ३० वटा विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचार सम्वन्धि तालिम प्रदान गरिएको छ । जसबाट ८ सय बढी विद्यार्थी र शिक्षक लभान्वित भएका छन् । विद्यालय समयमा मात्र नभई अन्य समयमा समेत हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनगर गर्दै आयुर्वेद स्वास्थ्य शाखाले यस खाले कार्यक्रम सञ्चालन गरेको हो । तालिम पछि प्राथकि उपचारका लागि औषधि समित औषधि वक्स विद्यालयलाई वितरण गरिएको छ ।

विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

बाह्रदशी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीका लागि योग शिक्षा प्रदान गरिएको छ । स्वास्थ्य जीवन यापनका लागि योग शिक्षा आवश्यक रहेको भन्दै आयुर्वेद स्वास्थ्य शाखाले योग शिक्षा प्रदान गरेको हो । आठ सय विद्यार्थीलाई यो कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरिएको छ ।

वडामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर

वाह्रदशी गाउँपालिका वडा नम्वर २ र ५ को आर्थिक सहयोगमा आयुर्वेद स्वास्थ शाखाले दुवै वडामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वाह्रदशी गाउँपालिका २ को भगवती आधारभूत यो कार्यक्रम सञ्चालन गरिएको हो । जसबाट ३५० सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन् ।

ज्येष्ठ नागरिकसंग भेटघाट कार्यक्रम

ज्येष्ठ नागरिकलाई लक्षित गर्दै बाह्रद्यशी गाउँपालिका वडा नम्वर ५ को आर्थिक सहयोगमा वडाका विभिन्न ठाउँमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम आयोजना गरिएको हो । जसबाट ६ सय भन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । यो कार्यक्रम वुधवारे, मुक्तिटोल, अचलेश्वर शिवालय मन्दिर, रामनगर लगायतका स्थानमा सञ्चालन गरियो । यो कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण प्रयोगशाला जाँच र निःशुलक औषधि बितरण गरिएको हो । जहाँ ज्येष्ठ नागरिकलाई स्वास्थय परामर्श समेत प्रदान गरिएको थियो ।

नागरिक आरोग्य कार्यक्रम

बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले सञ्चालन गरेको अर्काे प्रभावकारी कार्यक्रम हो नागरिक आरोग्य कार्यक्रम । यो कार्यक्रम मार्फत स्वास्थ्य जीवन शैली जीउनका लागि के के गर्न सकिन्छ त्यस विषयमा आयुर्वेदका विशेषज्ञहरुले समुदाय स्तरमा परेगर परामर्श दिएका छन् । जसबाट एक सय जना भन्दा बढी लाभान्वित भएका छन् । यो कार्यक्रममा स्वास्थ्य जीवन शैलीका लागि योग, जडीवुटीको प्रयोग लगायतका विषयमा शिक्षा प्रदान गरिएको छ ।
समग्रमा भन्ने हो भने बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले त्यस्ता थुप्रै स्वास्थ्यसंग सम्वन्धित कार्यक्रम सम्पन्न गरेको छ । जुन कार्यक्रम मार्फत नवजात शिशूदेखि ज्येष्ठ नागरिकहरु प्रत्यक्ष लाभान्वित भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here