बिर्तामोड ।

नेपाल रेडक्रस सोसाइटी घैलाडुब्बा उपशाखाको प्रथम साधारण सभा सम्पन्न भएको छ ।
उपशाखाका सभापति केशव शर्मा वेडारीको अध्यक्षता तथा रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपशाखाका उसभापति शुसिलकुमार श्रेष्ठले स्वागत गरेका थिए ।
कार्यक्रममा रेडक्रस बाह्दशी उपशाखाका सभापति दयानन्द गोश्वामी , घैलाडुब्बा उपशाखाका पुर्व कोषाध्यक्ष तुलाराम बस्नेत , कनकाई ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी , बडा नं ६ का बडाध्यक्ष लक्ष्मीप्रसाद ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा घैलाडुब्बा उपशाखाका विशिष्ठ सदस्यहरु एकराज उप्रेती , शेरबहादुर थापा , पूर्व सदस्य लिलाबहादुर कन्दङ्वालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश १ का मन्त्री ओमप्रकाश गौतम , झापा शाखाका मन्त्री चन्द्रप्रसाद चुडाललगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी घैलाडुब्बा उपशाखाका सचिव विष्णुप्रसाद चुडालले गरेका थिए ।































