डढेल्लोमा मरेका जीवको आत्माशान्तिको कामना गर्दै लामाको ध्यान

0
559

झिलझिले ।

विश्वका प्राणीको रक्षा र दिंवगत प्राणीको आत्माको शान्तिको कामना गर्दे झापाको शिवसताक्षीमा आयोजित एक धार्मीक कार्यक्रममा मुलक भरका लामा गुरुहरु भेला भएका छन ।

स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिले स्थीत टासी धार्गेलिङ बौद्ध गुम्बामा मुलुकभरका लामाहरु शान्तिको कामना गर्दे ध्यान गरिरहेका छन । आयोजकका अनुसार तामाङ्ग समुदायको यो धार्मीक कार्यक्रम प्रदेश नम्वर १ मा हाल सम्मकै ठुलो हो । गुम्बामा वौद्धधर्मालम्वीहरुको ठुलो भिड छ । पुस २१ देखी २५ गते सम्म पाँच दिवसीय धार्मीक अनुष्ठान भइरहेको आयोजकले जनाएको छ । मंगलबार दुई दिनमै करिव १० हजार बौद्ध धर्मालम्वीहरु गुम्माका ध्यानका लागि आएको आयोजक समितिका अध्यक्ष डिके लामाले जनाएका छन् ।

पर्यटन भ्रमण वर्ष २०२०को अवसरमा आयोजित सो अनुष्ठानमा नेपाल लगायत भारत, भुटान, चिन, जापान, अमेरिका लगायतका मुलुकबाट बौद्ध धर्मालम्वीहरुको सहभागीता रहेको छ । अष्ट्रेलियामा भईरहेको विनासकारी आगलागिमा परेर मरेका प्राणीको आत्माको शान्तिका लागि कार्यक्रमको उद्धेश्य रहेको लामा गुरु खेम्वो सेर्पाले जानकारी दिए ।

‘ विश्वका सवै जीव एउटै हुन, सेर्पाले भने— चाहे मानिस होस वा अरु कुनै जीव । सवै मृत आत्माले शान्ति पाउन भनेर यो कार्यक्रम आयोजना गरिएको हो ।’ प्राणी जन्मछ, अनि मर्छ, यो असत्य होईन तर, कुनैपनी प्राणीले अकालमै ज्यान गुमाउनु हुदैन, सेर्पाले भने— उसले प्राकृतीक मृत्यु वरण गर्नुपर्छ ।’

आयोजक समितिका अध्यक्ष लामाका अनुसार भगवान बुद्धको यो पवित्र भुमीबाट बुद्धका करुणामयी पञ्चशिल ज्ञानका उपदेशहरुलाई फैलाउन कार्यक्रम आयोजना गरिएको हो । झिलझिलेमा निर्माणाधीन टाँसी धार्गेलिङ्ग बौद्ध गुम्बामा प्रतिष्स्थापन गरिएको भगवान बुद्धका त्रिमुर्ति प्रतिमा सोलुबाट पाल्नु भएका प्रमुख लामा गुरु रिन्पोर्छे निमा साङवो(शेर्पाले प्राणप्रतिष्ठा गरेका छन । कार्यक्रममा सिद्धी घेटुल (शेर्पा), ज्योम्याङ टुल्कु वाङवो(शेर्पा), आचार्य खेन्पो थुप्तेन हेसे (गुरुङ) को अमृतमय आध्यात्मिक प्रवचनका कार्यक्रम भइरहेको टासी धार्गेलिङ्ग बौद्ध गुम्बा कार्यक्रम आयोजक समितिका सचिव जसकुमार तामाङ्गले बताए ।

आयोजकका अनुसार २३ गते सिठोको अभिषेक पूजा (वाङ)को कार्यक्रम रहेको छ । २४ गते होछ्योगको अभिषेक पूजा(वाङ) र २५ गते आयुको विशेस अभिषेक पूजा एवं वाङ लगायत नृत्य (छ्याम) तथा समापन कार्यक्रम कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

कार्यक्रम संघिय सांसद एलपि साँवा लिम्वु, प्रदेश सांसद झलक वहादुर दर्लामी मगर लगायत प्रशिद्ध लामा गुरुको सहभागीतामा सोभा यात्रा सहित उद्धघाटन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here