महिला जनजागरणको नवौं बार्षिक साधारण सभा

0
447

बिर्तामोड ।

महिला जनजागरण बहुउद्धेशीय सहकारी संस्था लिमिटेड बिर्तामोड –१ को नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष लक्ष्मीदेबि न्यौपाने सरुको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका सचिब युवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष बन्दना झाँगडले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा संस्थाकी अध्यक्ष लक्ष्मीदेबि न्यौपाने सरुले बार्षिक प्रतिबेदन र लेखा समितिका संयोजक रोशन बोहोराले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता रितेश मैनाली , असल ऋणी नबिन राई , उत्कृष्ट कर्मचारी हिमादेबि बिष्ट , उत्कृष्ट शेयर सदस्यहरु रोशन बोहोरा र टंकबहादुर बोहोरालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ज्योतीसिंह दर्लामी , गोपाल प्रसाईं ,लिलादेवी मैनाली लगायतले शुभकामना दिएका थिए । मेचीनगर नगरपालिकास्थित कालिका सिमसार बाँसवारीमा वनभोजसहित साधारणसभा र स्थापना दिवस मनाइएको बताइएको छ ।

संस्थाकी संचालक समिति सदस्य मिरादेबि अधिकारी ओलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संञ्चालन संस्थाका ब्यवस्थापक सिताराम गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here