सिंहदेवी माविको ६१औं वार्षिकोत्सवमा विविध कार्यक्रम

0
608

अर्जुनधारा

झापाको अर्जुनधारा–१ सिस्नेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयको ६१औं वार्षिकोत्सव बुधबारदेखि सुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य समितिका सदस्य रामबहादुर निरौलाले व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयकोतर्फबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा दिर्घसेवा सम्मानबाट पूर्व प्रधानाध्यापक खड्गप्रसाद गोले र पूर्व शिक्षक डम्बरबहादुर चापागाईं, वर्ष शिक्षक २०७५बाट शिक्षक ममता राजवंशी रहेका छन् ।

त्यसैगरी विद्यालयमा स्थापना भएको यामबहादुर फूँयाल स्मृति छात्रवृत्ति कोषबाट वर्ष शिक्षक २०७५बाट शिक्षक यादवप्रसाद कोइराला सम्मानित भएका छन् । त्यस्तै सोही कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीतर्फ कक्षा–९का जीवन निरौला, कक्षा–१०का रुविस खतिवडा र कक्षा–१२का शंकर राईलाई जनही दुई हजार र अनाथ छात्रछात्रातर्फ कक्षा–८की खोमादेवी चापागाईं र कक्षा–९का जय तामाङलाई जनही तीन हजार प्रदान गरिएको थियो ।

त्यस्तै कालीबहादुर–धनमाया गोले छात्रवृत्ती कोषबाट गत शैक्षिक वर्षको कक्षा १२मा उत्कृष्ट जीपीए ल्याई उत्र्तीण हुने छात्र सञ्जय सुहाङ र छात्रा बबिता थिङ तथा गत वर्षको एसईईमा उत्कृष्ट जीपीए ल्याई उत्र्तीण हुने छात्र निशान्त सुवेदी र कृतिका पौड्याललाई जनही २५ सय रुपैयाँ प्रदान गरिएको थियो । त्यसैगरी खिबलाल अधिकारी स्मृति छात्रवृत्ती कोषबाट गत शैक्षिक वर्षको कक्षा–८मा उत्कृष्ट जीपीए ल्याई उत्र्तीण हुने छात्र लोकेश गिरी र छात्रा आयुष्मा पौड्याललाई जनही २५ सय रुपैयाँ प्रदान गरिएको थियो ।

शिक्षक भेषराज खनालले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा–१ वडा समितिका अध्यक्ष गजाधर खतिवडा, नगर शिक्षक महासंघका अध्यक्ष पूण्य सुवेदी, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, विष्णुअमर आधारभूत विद्यालयका प्रधानाध्यापक राम श्रेष्ठ, सम्मानित व्यक्तित्व खड्गप्रसाद गोलेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बिहीबार सम्पन्न हुने उक्त वार्षिकोत्सव अन्र्तगत आधारभूततर्फ अन्तर सदन र अन्तर विद्यालयस्तरिय तथा माध्यमिकतर्फ अन्तर सदनस्तरिय खेलकुद र सांस्कृतिक कार्यक्रम हुने प्रधानाध्यापक रिजालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here