बिर्तामोड।

एनआईसी एशिया बैंकले एक कार्यक्रमकाबीच न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
नयाँ बर्ष सन् २०२० को अवसरमा आफ्ना ग्राहकहरुलाई ३० चमत्कारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको एनआईसी एशिया बैंक बिर्तामोड उपक्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने लगायतका सुविधा रहेको कार्यक्रममा जानकारी दिइयो ।
ग्राहकहरुले आफू अनुकूल हुने र इच्छाइएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड गरी तीन प्रकारका बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यी तीनै प्रकारका खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने डायमण्ड सेरिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुने जनाइएको छ ।
सिल्भर खाताबाट सुविधा लिनका लागि कम्तीमा एक हजार रुपैयाँ खाता रहनुपर्ने र त्यस अन्तर्गत ग्राहकले ५० हजार रुपैयाँको औषधि खर्च सुविधा, दुई लाख रुपैयाँको घातक रोगको बीमा र १० लाखको दुर्घटना बीमा सुविधा लिन सक्ने बताइएको छ । त्यस्तै गोल्ड खातामा २५ हजार रुपैयाँ बचत हुनुपर्ने र ग्राहकले एक लाख रुपैयाँको औषधि खर्च, १० लाख रुपैयाँको घातक रोगको बीमा र १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा प्राप्त गर्ने बताइएको छ ।
त्यस्तै डाइमण्ड खाता खोल्न ५० हजार रुपैयाँ खातामा बचत हुनुपर्ने र ग्राहकले एक लाख रुपैयाँको औषधि खर्च, १० लाख रुपैयाँको घातक रोगको बीमा र १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा प्राप्त गर्ने बताइएको छ ।
यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रु. २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने एनआईसी एसिया बैंक उप क्षेत्रीय कार्यालयका बिर्तामोडका उप क्षेत्रीय प्रबन्धक दशरथ पराजुलीले जानकारी दिए । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा रु. १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु. १० लाखसम्मको बीमा सुविधा र रु. १ लाखसम्मको औषधि उपचार बीमा सुविधा बैंकले उपलब्ध गराउने उनले बताए ।
औषधि उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग ओपीडी उपचारमा रु. २० हजारसम्म र अस्पताल भर्ना वापत रु. ८० हजारसम्मको बीमा सुविधा एभरेष्ट इन्स्योरेन्स कम्पनीको सहकार्यमा उपलब्ध गराउने उनले जानकारी दिए । त्यस्तै खातावालाको जीवन सहज बनाउनको लागि घरमै बैंकिङ सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा समेत यस योजना अन्तर्गत प्रदान गरिने उप क्षेत्रीय प्रबन्धक पराजुलीले बताए ।
त्यस्तै बैंकले स्विप इन–स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु प्रदान गर्ने उनले बताए । न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकलाई अधिकतम् फाइदा पुग्ने विश्वास बैंकले लिएको बिर्तामोड उप क्षेत्रीय कार्यालयका उप क्षेत्रीय सम्बन्ध प्रवन्धक सरोज ढुंगानाले जानकारी दिए ।
यस योजना अन्तर्गत ग्राहकलाई स्विप इन–स्विप आउट सुविधा मार्फत् बैंकले सुपर चमत्कारिक बचत खातामा दुई लाख रुपैयाँभन्दा बढि रकम भएमा, उक्त बढी रकमलाई १० हजार रुपैयाँले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्ने र सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्ने बताइएको छ ।
त्यस्तै मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात् स्विप आउट गर्न सकिने र उक्त सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता–डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउने बताइएको छ । मासिक निक्षेप खाता अन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले जम्मा गरेको रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्ने गरी मासिक निक्षेप खातामा ट्रान्सफर गर्न सक्ने र त्यसका लागि ग्राहकले आफ्नो बचत खाताबाट हरेक महिना कति रकम मासिक निक्षेप खातामा ट्रान्सफर गर्ने भनेर बैंकको शाखामा गएर एकपटक निर्देशन दिनुपर्ने बताइएको छ ।
त्यस्तै मासिक निक्षेप खाता तीन महिनादेखि १० वर्षसम्मको लागि खोल्न सकिने र ग्राहकले चाहेको समयमा आफैले मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङको प्रयोग गरी थप रकम मासिक निक्षेप बचत खातामा जम्मा गर्न सकिने बताइएको छ । बैंकले आफ्ना ग्राहकका लागि विभिन्न ३० सुविधायुक्त न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खातासहितका निक्षेप योजना सञ्चालनमा ल्याएको बताइएको छ ।
बैंकको मुलुकभर तीन सय १३ शाखा कार्यालयहरु, चार सय आठ एटिएम, एक सय तीन वटा एक्स्टेन्सन काउण्टर एवम् ४५ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको र बैंकका २० लाख ग्राहकहरु रहेको बताइएको छ । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको र बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका सूचना अधिकारी नायव प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बताए ।
































Greetings from Florida! I?m bored to death at work so I decided
to browse your site on my iphone during lunch break.
I really like the knowledge you provide here and can?t wait to
take a look when I get home.
I?m surprised at how fast your blog loaded on my mobile ..
I?m not even using WIFI, just 3G
.. Anyways, great site! http://www.osteopathy-vancouver.ca