धनकुटा।
धनकुटाको चौबिसे गाउँपालिका–२ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० वर्षीय टेकबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बजारबाट घर तर्फ जाने क्रममा को २८ प ८०५२ नम्बरको मोटरसाईकलमा सवार उनी सडकबाट अन्दाजी तीन मिटर तल झर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।































