अफिम र लागुऔषध ट्याब्लेटसहित झापामा दुई युवक पक्राउ

0
778

भद्रपुर ।

भारतबाट लागु औषध अफिम र ट्याब्लेट नेपाल भित्राउने दुई युवक पक्राउ परेका छन् । प्रहरी कार्यालय झापाका अनुसार भारतबाट कानी अफिम नेपाल भित्राउन लागेका अर्जुनधारा १ बस्ने ३१ वर्षीय राजकुमार दाहाललाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको छ ।

दाहाललाई प्रहरीले चेकजाँचको क्रममा मेचीनगर ६ स्थित काँकडभिट्टा नाकाबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दाहालले पछाडि भिर्ने झोलामा लुकाई छिपाई ल्याइएको १ केजी ५०० ग्राम कानी अफिम बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भद्रपुर नगरपालिका १० स्थित रजत चोकमा प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ६ बस्ने २८ वर्षीय पदमबहादुर तामाङलाई लागु औषध ट्याब्लेटसहित पक्राउ गरेका छन् ।

तामाङले बोकेको निलो रङ्गको झोला प्रहरीले शङ्का लागि चेकजाँच गर्दा झोलामा ६० एम्पुल डाइजापाम, ६० एम्पुल फिनारगन र ६० एम्पुल लुपिजेसिक लागु औषध ट्याब्लेट फेला परेको थियो । यता दुवै जनालाई झापा जिल्ला अदालत भद्रपुरबाट सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here