नेवा समाजको ३१ औँ अधिवेशन सम्पन्न अध्यक्षमा पुनः कमल

0
451

काँकरभिट्टा,

आफ्नो परम्परागत कला साहित्य र रीतिरीवाजलाई बचाउन सकेमात्र आफनो पहिचान बच्ने शनिबार झापाको मेचीनगरमा आयेजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेवा समाज मेचीनगरको ३१ औँ अधिवेशनका अधिकाँश वक्ताहरुले आफ्नो पहिचान बचाउने हो भने हरेक समुदायले संकटमा पदैं गएको आफ्नो लिपी, भेषभुषा, भाषा धर्म संस्कृतिको जर्गाेनामा जुट्नुपर्नेमा जोड दिएका थिए ।

समितिका अध्यक्ष कमल गुभाजुको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गदैं नेवा देय् दवुको केन्द्रीय उपाध्यक्ष कृष्ण उदासले गर्नुभएको थियो । उहाँले उद्घाटन मन्तव्य राख्दैं अब नेवार समुदायमा बन्धुत्वको भावानात्मक सम्बन्ध समधुर बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आफ्नो हक, हित अधिकार प्राप्तिका लागि सवै नेवार समुदाय एक भएर गोलबद्घरुपमा एक ठाउामा उभिन आग्रह गर्नुभयो ।

नेवार समुदायमा जन्मेको एउटा व्यक्ति नेपाल संवत, लाखे धिमे, गाइजात्रा, राष्ट्रिय विभूति शंखध्वार शांखाको बारेमा बेखवर हुनु अत्यन्तै दुखद पक्ष रहेको र नेवार समुदायको संस्कार संस्कृतिमा जुट्नु वर्तमान अवस्थाको माग रहेको उहाँको तर्क थियो ।

समितिका सचिव उषा श्रेष्ठले सञ्चालन गरेको उद्घाटन सत्रमा केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, झापा अध्यक्ष दिनेश शाक्य, समितिका संस्थापक अध्यक्ष गौरीलाल श्रेष्ठ, सल्लाहकार सदस्य विष्णु श्रेष्ठ, जनप्रतिनिधि राजकुमार श्रेष्ठले बोल्नुभएको थियो ।

उहाँहरुले एउटा समुदायले अर्काे समुदायका धर्म, संस्कार, संस्कृति, भाषा, लिपीलाई सम्मान गदैं आफ्नो पहिचानमा लाग्न जोड दिनुभएको थियो । विश्वभर आफ्नो पहिचान बनाउन वा देखाउन पहिला आफ्नो परम्परागत कला साहित्य,रीतिरीवाज, धर्म, संस्कृति, भाषालिपी, भेषभुषा, रितीरिवाजलाई बचाईराख्न आवश्यक रहेको उहाँहरुको भनाई थियो । आफ्नो भाषा, भेषभुषा सरक्षण भएमात्र आफ्नो पहिचान हुने उहाँहरुको तर्क थियो । उपाध्यक्ष मुक्ति श्रेष्ठले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष प्रल्हाद श्रेष्ठले ५ लाख, ७ हजार ५ सय २० रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसैगरी अधिवेशनको बन्द सत्रले आगामी दुईवर्र्षे कार्यकालका लागि कमल गुभाजुको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मुक्ति श्रेष्ठ, सचिवमा उषा श्रेष्ठ, सहसचिवमा भुवन श्रेष्ठ र कोषाध्यक्षमा प्रल्हाद श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक उदयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सदस्यहरुमा सुजन प्रधान, प्रकाश भक्तराज, जीवन श्रेष्ठ, सिर्जना श्रेष्ठ, रश्मी प्रधान, मोहन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बन्दसत्रले अध्यक्षको सांगठानिक तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारीत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here