धौलागिरी पारिजातको शेयर पूँजी २ करोड

0
1036

बिर्तामोड,

धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी २ करोड७७लाख ३४ हजार आठ सय  रुपैयाँ पुगेकोजनाएको छ ।

सहकारीले आफ्नो  १२ औंवार्षिक साधारणसभा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै  कृष्ण पपौडेलले यस्तो बताएका हुन् । जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरणवानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाले गत आर्थिक वर्षमा २१ करोड १२लाख ५४ हजार १६१ रुपैयाँको वासलात बनाएको अध्यक्ष पौडेलले बताए ।

उनले सहकारीमाहाल ४ हजार १६३ जना शेयर सदस्य रहेको जनाएका छन् । संस्थाको कोषमा जम्मा १ करोड ४२ लाख ६६हजार ५३० रुपैयाँ रहेको बताउँदै अध्यक्ष पौडेलले भने –‘ एक सहकारी एक सदस्यकोनीतिलाई अभियानको रुपमा कार्यान्वयन गरिनुका साथै संस्थाको क्षमतामा थप अभिवृद्धि हुनेगरी अन्य इच्छुक सहकारी संस्थासँग एकीकृत गर्ने नीतिलाई अवलम्बन गरिने छ ।

’यसैबीच  संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः कृष्णपौडेल चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा डिल्लीप्रसाद ओली र सचिवमा किशोर भट्टराईरहेका छन् । त्यसैरी सदस्यहरुमा डा.गौरीशंकर झा, युवराजकाफ्ले, पार्वता श्रेष्ठ, कमलादेवी सापकोटा,रणदेव हजाम, सुशीला श्रेष्ठ,सुमन खनालर खड्ग तामाङ चयन भएका छन् ।

संस्थाको लेखा समितिको संयोजकमा भुवनरिजाल सदस्यहरुमा डम्बर ढुंगाना र रामबहादुर श्रेष्ठ चयन भएका छन् । साधारणसभाको उद्घाटन समारोहमा उत्कृष्ट बालबचत कर्ताका रुपमा असिस्मा श्रेष्ठ,क्रमिक बचत कर्ताबाट मदन ओली, एकवर्षे बचतबाट लीलाशिवाकोटीलाई सम्मान गरिएको थियो ।साधारण बचतबाट पारुला मण्डल, सन्ध्याकालिनबचतबाट गोविन्दबहादुर कटुवाललाई सम्मान गरिएको थियो भने ऋण लिएर उत्कृष्ट उद्यमीकारुपमा बविता मण्डललाई सम्मानित गरिएको छ । कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रलिङदेन,महालक्ष्मी साकोसका अध्यक्ष घनश्याम चौधरी,राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाकाप्रबन्धक मुना घिमिरे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।संस्थाका लेखा समिति संयोजक किशोर भट्टराईलेस्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव युवराज ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here