खुदुनावारी कृषक समूहको नेतृत्व चयन

0
623

अर्जुनधारा ।

झापाको अर्जुनधारा–२ स्थित खुदुनावारी कृषक समूहको प्रारम्भिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

समूहका अध्यक्ष तिलकबहादुर थापाको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य उपाध्यक्ष मदनकुमार उप्रेतीले गरेका थिए ।

सभामा समूहका अध्यक्ष थापाबाट संस्थाको सांगठनिक प्रतिवेदन र सचिव देवीप्रसाद ढुंगेलबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो । प्रस्तुत प्रतिवेदनमा मूल समूहको व्यानरमा सामूहिक पशुपालन फर्म सञ्चालन गरी कार्यक्रम सञ्चालन गर्ने, गोठ÷खोर सुधार साथै गाईका निमित्त म्याटको व्यवस्था गर्नुपर्ने, शेयर सदस्य विस्तार गर्ने, कृषकहरुका लागि औजार र मेसिन उपलब्ध गराउने, पशुपालन र दुध उत्पादनका लागि तीनै तहको सरकारले अघि सारेका कार्यक्रम अनुसार काम गर्न इच्छुक शेयर सदस्यहरुलाई संस्थागत सहयोग गर्ने, दुध सञ्चालन कार्यविधि निर्माण गर्ने, दुधको विविधिकरणको काम गर्नेलगायत प्रस्तवाहरु उल्लेख गरिएको छ ।

पुरुष सदस्य ९४ जना र महिला सदस्य ८५ जनासहित जम्मा एक सय ७९ जना शेयर सदस्य र छ वटा टोल समूह रहेको संस्थाको जम्मा शेयर रकम तीन लाख ५८ हजार रहेको छ । त्यसैगरी सभामा २०७५ फागुन ३ देखि २०७६ असार मसान्तसम्मको १५ लाख १० हजार नौ सय ४९ रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।

सोही सभामा विभिन्न व्यक्तित्व तथा समूहहरुलाई नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा सबैभन्दा बढी शेयर संकलन गर्ने समूह नम्बर ३, कल्पना श्रेष्ठ, केदार घिमिरे, केशव पौड्याल, गोमादेवी वाग्ले, डम्बरकुमारी भण्डारी, धनबहादुर सार्की, धर्मप्रसाद ढंगेल, भीमप्रसाद घिमिरे, मानबहादुर तामाङ, मानबहादुर भट्टराई, रुद्र तामाङ र हेमकुमार खड्का रहेका छन् ।

सभामा नगर उपप्रमुख कमला खतिवडा आचार्य, पशु विकास अधिकृत पदमलाल राई, साना किसा कृषि सहकारी संस्था खुदुनावारीका अध्यक्ष राधाकृष्ण खनाल“ज्ञानु”, पूर्वाध डेरी उद्योडका सन्दिप भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सोही सभाले तुलसीप्रसाद ढकालको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ ।
नवगठित समूहको उपाध्यक्षमा कमल मण्डारी, सचिवमा देवीप्रसाद ढुंगेल, सहसचिवमा हेमबहादुर खड्का, कोषाध्यक्षमा तुलसा थापा र सदस्यहरुमा खगेन्द्र खतिवडा, घनश्याम ढुंगेल, चन्द्र सेलवाल, जानुका न्यौपाने, टीका पाठक, धनबहादुर सार्की, धनमाया थापा, नीरा उप्रेती, पूर्णकुमार उप्रेती, प्रेमबहादुर आचार्य, भीम फ्याक, भीमप्रसाद घिमिरे, राधिका उप्रेती र सुवास बराल रहेका छन् ।

त्यसैगरी सभाले मदनकुमार उप्रेतीको संयोजकत्वमा गोमादेवी बाँस्कोटा र हरिप्रसाद घिमिरे सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको कार्यक्रम सञ्चालक नारायणप्रसाद पराजुलीले बताए ।

दुध उत्पादक कृषकहरुलाई दुधको बजारीकरणमा सहयोग गरि पशुपालन तथा दुध उत्पादनमा वृद्धि, दुग्धजन्य उत्पादनको विविधिकरण, व्यवसायिक पशुपालनलगायतका कार्यक्रममा प्रोत्साहन गर्ने उद्धेश्यले नगर पशुपन्छी विकास शाखामा दर्ता भई शाखाले सञ्चालन गरेको पशु पकेट कार्यक्रम अन्र्तगत उक्त समूहको २०७५ असोज २२ गते गठन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here