खुदुनावारी कृषि सहकारीको ११औं सभा सम्पन्न

0
1320

अर्जुनधारा ।

झापाको अर्जुनधारा–३मा रहेको खुदुनावारी कृषि सहकारी संस्था लिमिटेडको ११औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

संस्था सञ्चालक समितिका अध्यक्ष खगेन्द्रमणी ढुंगेलको अध्यक्षता र अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत मन्तव्य सदस्य धु्रव खातीले गरेका थिए ।

सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन अध्यक्ष ढुंगेलले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार ५२ पुरुष र ३० महिला गरि जम्मा ८२ जना शेयर सदस्य रहेको संस्थाको जम्मा चुक्ता शेयर पूँजी चार लाख २६ हजार तीन सय ५१ रुपैयाँ रहेको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्ष ०७५÷०७६को निक्षेप दुई लाख ५४ हजार ५६ रुपैयाँ, जम्मा ऋण लगानी दुई लाख पाँच हजार तीन सय ५३ रुपैयाँ र विभिन्न कोषमा दुई लाख ३७ हजार ११ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाली काँग्रेस झापाका सदस्य पूण्यप्रसाद ओझा, स्वाधिन बचत तथा ऋण सहकारी संस्थाका गणेश दाहाल, बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगप्रसाद आचार्य, संस्थाका पूर्व अध्यक्ष इश्वरबहादुर खवास, पूर्व लेखा समितिका संयोजक लक्ष्मी भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सभाको सञ्चालन उपाध्यक्ष रेनुका खवासले गरेकी थिइन् ।

कार्यकाल समाप्त भएको सो समितिलाई सभाको बन्दसत्रले एक वर्ष म्याद थप गरेको अध्यक्ष ढुंगेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here