ललितानिवास जग्गा प्रकरणका आरोपी ढकालको घरमा बम विस्फोट

0
649

काठमाडौं ।

ललितानिवास जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

नागार्जुन–१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् ।

ढकाल परिवारका सबै सदस्य घरमा नै भएको बेला विस्फोट भएको प्रहरीले जनाएको छ । यता विस्फोटको जिम्मा प्रतिबन्धित विप्लव माओवादीले लिएको प्रहरीले जनाएको छ । जनतामाथि शोषण गर्ने तथा देशविरुद्ध गद्धारि गर्नेहरुलाई जनताले कारबाही गर्ने विप्लव माओवादीले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here