दिपिकाको सो रुम वुधवारेमा पनि

0
1000

बिर्तामोड ,झापाको वुधवारेमा एक पछि अर्काे फर्निचर उद्येग र व्यवसाय खुल्ने क्रम जारी छ । अहिलेसम्म बुधवारेमा एक सयको हाराहारीमा फर्निचरका सो रुम र उद्योग सञ्चालनमा छन् । तत्थाङ्क अनुसार वुधवारेमा जिल्लाकै धेरै फर्निचर व्यवसाय छ । यसैक्रममा झापाको मेचीनगर १३ चारआलीमा रहेको दिपिका फर्निचर उद्योगले बुधबारेमा शोरुम स्थापना गरेको छ ।


उद्योगले ब्यवसाय बृद्धि गर्ने क्रममा बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा तेसो शोरुम स्थापना गरेको जनाएको छ ।
५० लाखको लागतमा स्थापना गरिएको फर्निचर शोरुमको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईले शोरुमको उद्घाटन गरेका हुन् ।
१३ बर्ष अगाडि ७ हजारको लागतमा निर्माण गरेको एउटा सोफा, पलङ र दराज राखेर चारआलीमा स्थापना भएको फर्निचर उद्योगले १ करोड बराबरको लागतमा उद्योग तथा शोरुम स्थापना गर्न सफल भएको सञ्चालक सविना बजगाईँले जानकारी दिइन् । उनले चारआलीमा रहेको उद्योगको सोही स्थान, हल्दिवारी गाउँपालिकाको गोलधाप र बुधबारेमा शोरुम स्थापना गर्न सफल भएको बताईन् ।
बिषेश गरी ईलाम, फिदिम, ताप्लेजुङका ग्राहकलाई लक्षित गर्दै स्थापना भएको शोरुमले गुणस्तरीय फर्निचर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । शोरुमका अर्का सञ्चालक खगेन्द्र बजगाईँले ग्राहकलाई आफुले गुणष्तरीय उत्पादन बिक्री गर्ने गरेको कारण उनीहरुले बिश्वास गरेको बताएका छन् । उनले फर्निचरका उच्च गुणस्तरका सामग्री उत्पादनमा उद्योग केन्द्रित हुने पनि बताए ।
उद्योग् वाणिज्य संघ बुधबारेका अध्यक्ष रुद्र चापागाईँले कच्चा पदार्थको सहज उपलब्धता र ग्राहकको बिश्वास जित्न सफल भएको हुनाले झापाको बुधबारे क्षेत्रमा फर्निचर उद्योग तथा शेरुम स्थापना हुने क्रम बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here