५ लाख पुरस्कार राशीको वाइवाइ स्कूल च्याम्प इटहरीमा

0
574

इटहरी, मोफसलमै पहिलो पटक ठूलो धनराशी भएको स्कूल स्तरीय डान्ससिङ रियालिटी सो वाइवाइ स्कूल च्याम्प हुने भएको छ ।


इटहरीमा रहेको एरिना टेलिभिजनले आयोजना गर्न लागेको स्कूल स्तरीय डान्ससिङ रियालिटी सो स्कूल च्याम्पको दोश्रो संस्करण हुन लागेको हो । यस अघि गाडिको पहिलो संस्करण २०६९ सालमा सम्पन्न भैसकेको छ । पहिलो संस्करणकमा पूर्वाञ्चलका ८०० विद्यालयका २००० विद्यार्थीहरुको सहभागीता रहेको थियो । यस सिजनमा भने प्रदेश नं। १ र प्रदेश नं। २ का विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइने आयोजकले जानकारी दिइएको छ । प्रदेश नं। १ र प्रदेश नं। २ बाट २००० विद्यालयका विद्यार्थीहरुको सहभागी हुने बताइएको छ । यस डान्ससिङ रियालिटि सो मा विजेता हुने सहभागीले स्कुल च्याम्प टाईटल सहित नगद  पाँच लाख, वैंकक टुर, म्युजिक भिडियोमा अभिनय गर्न पाउनुका साथै आर्कषक गिफ्ट हृयाम्पर प्राप्त गर्ने स्कूल च्याम्प कमिटिले जानकारी दिएको छ ।

वाइवाइ स्कूल च्याम्प दोश्रो संस्करणको अडिसन माघको तेस्रो साताबाट प्रदेश नं। २ को वर्दिवास, गाईघाट, लाहान,जनकपुर, राजविराज लगायत स्थानहरुमा हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here