अर्जुनधारामा ज्येष्ठ नागरिकको दौड

४ माघ २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

झापाको अर्जुनधारा–५ स्थित नमुना टोल विकास समितिद्धारा ज्येष्ठ नागरिकहरुको दौड प्रतियोगिता सम्पन्न भएको छ ।

स्वास्थ्यका लागि दौड भन्ने नाराका साथ सुरु भएको प्रतियोगितामा ६० जना ज्येष्ठ नागरिकले सहभागिता जनाएका थिए । वडाध्यक्ष ध्यानबहादुर भारतीले उद्घाटन गरेको कार्यक्रममा ज्येष्ठ बुबाहरुको सक्रिय सहभागिता रहेको थियो ।

एक किलोमिटरको दुरी पार गर्दै स्थानीय जीते चौधरी प्रथम भएका छन् । त्यस्तै दोस्रो छविलाल न्यौपाने र तेस्रो मधुसुधन चौलागाई भएका थिए भने सान्तवाना तर्फ चित्रबहादुर राय भए । उनीहरुलाई आकर्षक पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ चौतारी पुरानो चौतारी नामक संस्थाका लागि एक कठ्ठा जग्गा उपलब्ध गराउने ज्येष्ठ नागरिक उमाकान्त निरौला, टिकादेवी निरौंलालाई सम्मपान गरिएको थियो । नमुना टोल विकास समितिका अध्यक्ष ओमप्रकाश लुईलेलको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक चौतारीका अध्यक्ष जीवनकुमार खतिवडा, टोल विकास समितिका सचिव लक्ष्मीप्रसाद खनाल, हेमन्त रिजाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन इन्दिरा भट्टराईले गरेकी थिइन् ।

ज्येष्ठ अवस्थामा विभिन्न रोगले आक्रमण गर्न सक्छ भन्ने उद्धेश्यले रोगलाई निराकरण गर्न स्वयम आफैं स्वस्थ्य हुनुपर्छ र आफु स्वास्थ्य भए समाज स्वास्थ्य हुन्छ भन्ने सन्देश दिन यस्तो कार्यक्रम फलदायी हुने आयोजकले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here