शिवसताक्षीका घर धनीले वहाल कर तिर्देनन्

0
821

विनोद सापकोटा / झापा ।

शिवसताक्षी नगरपालिका भित्र रहेर विभिन्न प्रयोजनमा वहालमा दिएका अधिकांश घरका धनीले घरबहाल कर तिर्ने गरेका छैनन् । नगरपालिकाले वहालकर संकलनका लागि ११ वटै वडामा कर संकलन शाखा राखेपनी न्युन संख्याका घर धनीले मात्र वहाल कर तिर्ने गरेको नगरपालिकाको राजश्व संकलन साशाले जनाएको छ ।

नगरको प्रोफायल अनुसार ११७२ जना व्यवसायीको फर्म नगरमा सुचि छ , तर दर्ता भने गरिएको छैन । ‘यी सवै व्यवसाय वहालमा संचालन छन । नगरका साहायक सुचना अधिकारी डिल्ली नेपालका अनुसार अन्य हजारौ व्यवसायीले नगर र वडामा दर्ता नगरी व्यवसाय संचालन गरिरहेका छन । ‘नत उनिहरुले व्यवसाय कर नै तिर्छन नत घर वहाल नै,’ उनले भने ।

नेपालका अनुसार ठोस कानुन छ तर नियमन गर्न नसक्दा शिवसताक्षी नगरपालिकामा रहेका अधिकांश घरधनिले घर बहाल कर तिर्ने गरेका छैनन् । गत आर्थिक वर्ष २०७५÷७६ मा ८५ जना घरधनिले मात्रै घरबहाल कर तिरे । चालु आवको यो अवधीमा ४८ जना घर धनीले मात्र नगरमा वहाल कर वुझाएका छन । जसबाट नगरले ४ लाख ५६ हजार ३ सय १८ र यो वर्षको सोमबार सम्ममा १ लाख ५९ हजार ३ सय ९३ रुपैयाँ घर वहालकर संकलन गरेको छ ।

नगरमा दर्ता भएर व्यवसाय संचालन गर्ने व्यवसायीले घर धनीलाई १० प्रतिसत कर कट्टा गरि वहाल वुझाउनेले मात्र नगरमा आएर कर वुझाउने गरेका छन । व्यवसायीबाट कर सहितको वहाल वुझेका घर धनीले नगरमा कर वुझाएका छैनन् । नगरको रेकर्ड अनुसार ४ प्रतिसत घर धनीले मात्र वहाल कर वुझाउने गरेका छन । नगरको राजश्व शाखाका अनुसार लेखा परिक्षण गर्ने संघ संस्था रहेका घरका धनीे मात्र वहालकर वुझाउने गरेका छन ।

शिवसताक्षी उध्योग वाणीज्य संघका अध्यक्ष भोला मैनालीका अनुसार आन्तरिक राजश्व कार्यलयले वहाल कर संकलन गर्न छोडे पछि स्थानीय तहले वहाल कर संकलन गर्दे आएको छ । तर, स्थानीय तहले घर धनीलाई कडाई नगर्दा नगरमा संकलन हुने राजश्व गुमिरहेको छ । नगरले नियमन गर्ने हो भने अधिकाँस वहालमा दिईएका घरको वहाल कर संकलन हुने उनले बताए ।

सोमबार घर वहाल कर वुझाउन शिवसताक्षी नगरपालिका पुगेका वडा नम्बर ८ स्थित जन आश्था वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल भण्डारीे ले नगरले घर धनीलाई वहाल कर वुझाउन प्रेरित गर्नुपर्ने बताए । उनले भने, ‘व्यवसायीबाट वहाल रकम असुलेपछी घर धनीले पनि बहाल कर स्थानीय तहलाई वुझाउनु पर्छ ।’ सामान्य अर्थमा घरधनीले आफ्नो घर भाडामा लगाए बापत सरकारलाई तिर्नुपर्ने करलाई घर बहाल कर भनिन्छ । यस्तो करबाट स्थानिय सरकारले ठूलो मात्रामा राजस्व प्राप्त गर्न सक्छ । तर, घरधनीले प्राप्त बहाल रकमबाट बहाल कर नगरपालिकालाई तिर्दैनन् ।

घर बहालमा लिने र दिने व्यवस्थालाई कानूनले व्यवस्थित गर्ने प्रयास गरेको छ । शिवसताक्षी नगरमा त घर बनाउने अनी भाडामा लगाई भाडा खाने प्रयोजनका लागि पनि घरहरु बनेका छन् । यसैले घर बहाल पनि एक प्रकारको व्यापार जस्तो बन्न गएको शिवसताक्षी नगरका सुचना अधिकारी प्रकाश चौधरीले बताए । भाडामा बस्ने र घरधनिबीच सामान्य लिखत तथा मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको देखिन्छ । ‘कुनै कानुनी आधारमा रहेर यस किसिमको काम हुने गरेको छैन’, चौधरीले भने ।

व्यवसाय प्रयोजनको लागि घरभाडामा बस्ने व्यापारिक फर्म र परिवारको तथ्याङ्क अभाव हुँदा वहाल कर संकलनका लागि समस्या भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । घर वहाल कर संकलन स्थानिय तहको लागि नौलो हो । तर, राजश्व संकलनको यति ठुलो संभावना मा नगरले घर धनीलाई नियमन नगर्दा करोडौ राजश्व गुमिरहेको छ ।

नेपालको संविधान २०७२ को अनुसूची ८ मा स्थानीय सरकारले घर बहाल करसँगै (सम्पत्ति कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत कर संकलन गर्न पाउने व्यवस्था छ । शिवसताक्षी नगरका व्यापारिक घरानियाबाट मात्रै करोडव बढी घरबहाल कर उठाउन सकेको छैन ।

ठूला घरानियाबाट घरबहाल कर मात्र उठाउन सके नगरपालिकाको राजस्वको ठुलो हिस्सा पूरा हुने देख्छीन शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल । राजश्व परामर्स समितिकी संयोजक समेत रहेकी उपप्रमुख नेपालले घरवहाल कर असुलीका लागि नगरले घरधनिलाई पनि कडाइसाथ कर तिर्न ताकेता गर्नेे बताईन ।

उनले शिवसताक्षी नगरका घर वहालमा दिएका घर धनीले वहालकर नगरलाई भुक्तानी नगरेर कर छली गरको बताईन । अव कडाईका साथ नियमित अनुगमन गर्ने र घर धनीलाई वहालकर भुक्तानी गर्न प्रोत्साहित गर्ने उपप्रमुख नेपालले बताएकी छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here