बाह्रदशीमा कुष्ठरोगीलाई सम्मान

0
650

बिर्तामोड।

कुष्ठरोग प्रभावित अपाङ्ग भएका व्यक्तिले नै कुष्ठरोगीका विरामी खोजतलासमा सहयोग पु¥याएको भन्दै बाह्रदशी गाउँपालिकाले गाउँपालिका भित्र रहेका ५ जना कुष्ठरोगीलाई सम्मान गरेको छ ।

आफू कुष्ठरोगका कारण शारीरिक अपाङ्गता भएर पनि कुष्ठरोगका विरामीलाई पहिचान गर्दै औषधि उपचार गर्न स्वास्थ्य संस्थासम्म ल्याएर समाजमा उदाहरणीय कार्य गरेको भन्दै उनीहरुलाई गाउँपालिकाले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा बाह्रदशी गाउँपालिका –३ का गोपाल खड्का, बाजिदिन मिया, बाह्रदशी –२ निवासी समारु मिया, अग्निधर बजगाई र वडा नं. –१ निवासी हाजिरा खातुन रहेको स्वास्थ्य शाखा प्रमुख रामकुमार साहले जानकारी दिए ।
बाह्रदशी गाउँपालिकामा नियमित औषधि सेवन गर्ने आठ जना कुष्ठरोगी छन् ।

सम्मानितहरुले आफ्नो टोल र समुदायमा रहेका कुष्ठरोगीलाई स्वास्थ्य चौकी राजगढसम्म ल्याएर औषधि उपचारमा सहयोग पु¥याएको स्वास्थ्य शाखा प्रमुख साहले बताए । गाउँपालिकाले ६६ औं विश्व कुष्ठरोग तथा अपाङ्ग दिवसको अवसरमा आइतवार बाह्रदशी –३ मा रहेको राजगढ स्वास्थ्य चौकीमा कार्यक्रममा गरेको थियो ।

सो कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष यादवप्रसाद मिश्रसहित जनप्रतिनिधि, स्थानीयवासी, समाजसेवी, विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमअघि कृष्ठरोग बेलैमा पत्ता लगाएर औषधि उपचार गरे निको हुन्छ भन्दै प्लेकार्डसहितको ¥यालीले राजगढ बजार परिक्रमा गरेको थियो ।

¥यालीपछि आयोजित कार्यक्रममा डाँगीवारी स्वास्थ्य चौकी प्रमुख हेमन्त लामिछाने, कुष्ठरोग प्रभावित अपाङ्ग समूहका अध्यक्ष गोपाल खड्का लगायतले बोलेका थिए ।

सन् २००९ मा नेपाललाई कुष्ठरोग निवारण घोषणा गरिएको थियो । तर, झापामा अझै पनि एक सय ६६ जना कुष्ठरोगी रहेको स्वास्थ्य कार्यालय झापाका कार्यक्रम संयोजक जीवन चम्लागाईले जानकारी दिए ।

सन् २०२० भित्र नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारले घोषणा गरेको छ । सोही अनुरुप अहिले जिल्ला जिल्ला र पालिकाहरुमा विभिन्न कार्यक्रमहरु भइरहेको बताइएको छ । झापामा सबैभन्दा धेरै कुष्ठरोगी झापा गाउँपालिकामा छन् भने कचनकवल, कमल, बाह्रदशी गाउँपालिका र दमक तथा मेचीनगर नगरपालिकामा समेत कुष्ठरोगीहरुको संख्या उच्च रहेको कार्यक्रम संयोजक चम्लागाईले बताए ।

यता नेपालमा २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भए पनि १७ जिल्लामा अझै निवारण नभएको स्थिति छ । निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्छ ।

सरकारले सन् २०२० को अन्तसम्म सम्पूर्ण जिल्लामा कृष्ठरोग निवारण गर्ने लक्ष्य लिएको छ । तराईका झापा, मोरङ, उदयपुर, बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट, सर्लाही, सिराहा, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, रुपन्देही, कैलाली र अछाम कुष्ठरोगको प्रकोप दर एकभन्दा बढी भएका जिल्ला हुन् ।

विगत नौ वर्षको तथ्याङ्क हेर्दा वार्षिक तीन हजारको हाराहारीमा कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले ६७ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा आइतवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गत आर्थिक वर्षमा तीन हजार दुई सय ८२ कुष्ठरोगका नयाँ बिरामी पत्ता लागेको जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here