विद्यालयको विकासमा जुटे स्थानीय

0
676

बिर्तामोड ।

झापाको बिर्तामोड २ चारपानेमा रहेको विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न त्यहाँका वासिन्दा जुटेका छन् ।

विवेकाश्रम परिसरमा पछिल्लो समय मन्दिर , यज्ञशाला , गौशाला लगायतको निर्माणलाई तीव्रता दिएसंगै उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्न त्यहाँका वासिन्दा जुटेका हुन् ।

त्यहाँ पछिल्लो समय पाञ्चायतन देवमूर्तिसहितको यज्ञशाला निर्माण गरिएको छ । काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिरकै शैलीमा उक्त यज्ञशालाको निर्माण गरिएको विवेकाश्रमका धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले बताए ।
गौतमका अनुसार प्यागोडा शैलीमा निर्माण गरिएको यज्ञशालामा पशुपतिनाथको मन्दिरमा झैं नागल, टुँडाल , झालर लगाइएको छ भने गजुर समेत पित्तलकै लगाइएको छ ।

यज्ञशालाभित्र गणेश , सूर्य , दुर्गा , शिवको ढलोडको मूर्ति निर्माण गरिएको छ भने अष्टधातुद्वारा चर्तुभूज विष्णुको पाँचफिटको मूर्ति निर्माण गरिएको छ । उक्त चर्तुभूज विष्णुको मूर्ति नेपालको सवैभन्दा अग्लो भएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले दावी गरेका छन् । पशुपतिनाथको मन्दिर निर्माण गर्ने काठमाडौंका डिजाइनर ,इञ्जिनियर , र कालिगड ल्याएर दुई महिनामा यज्ञशालाको निर्माण गरिएको उनले बताए ।

विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयको ४९ औं बार्षिकोत्सवको अवसरमा आयोजित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा उक्त यज्ञशालाको उद्घाटन र मूर्तिको प्राणप्रतिष्ठासमेत गरिएको थियो ।

वि .सं. २०२८ सालमा स्थापना भएको विवेकाश्रम तथा सांगवेद संस्कृत माध्यमिक विद्यालयलाई नेपालकै नमूना आश्रम तथा गुरुकूल वनाउने उद्धेश्यले त्यहाँ अन्य मन्दिर समेत निर्माण गरिएको छ ।

त्यस्तै काठमाडौँस्थित कलंकीका दाता वासुदेव केसीले विद्यालयका लागि एउटा भवन र भारतीय शैलीको पाञ्चायन मन्दिर निर्माण गरिदिएका छन् । पाञ्चायतन मन्दिरमा गणेश, सूर्यनारायण, महादेव, विष्णु, माँ दूर्गाको मूर्ति ,चाँदीका गरगहना, सक्कली पत्थर र सुनको गजुरसमेत लगाइदिएका छन् ।

त्यस्तै डा. शरदचन्द्र राई र पुनम राईले गौ सेवक वस्ने र घाँस पराल राख्ने सुविधासहितको दुई तले गौशाला निर्माण गरिदिएको विवेकाश्रमका धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले बताए । विवेकाश्रममा वि .सं. २०३३ सालदेखि अखण्ड दिप बलीरहेको उनले जानकारी दिए । त्यस्तै त्यहाँ एक सय ६० जना विद्यार्थी गुरुकुलिय अध्ययन गरिरहेको उनले बताए ।

नेपाल भ्रमण वर्षमा झापा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई एक पटक विवेकाश्रम आएर आध्यात्मिक ज्ञान प्राप्त गर्न समेत उनले सवैसंग आग्रह गरेका छन् ।  श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ आगामी माघ २१ गते समापन हुने बताइएको छ ।

यी दुई विद्यार्थी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजसरी नै विवेकाश्रम सांगवेद संस्कृत विद्यालयमा पढ्ने १ सय ५५ जना विद्यार्थी छन् । कोही नजिकैको घरबाटै विद्यालय आउँछन्, लगभग ५० जना विद्यार्थी आवासीय रुपमा विद्यालयमै बसेर पढ्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ खनालले बताए ।

विद्यार्थीको दैनिकी

आवासमा रहेका विद्यार्थी बिहान ५ बजे उठेर स्नान गर्छन् । लगत्तै ध्यान गरिसकेपछि एक घण्टा रुद्राभिषेक गर्छन् । ८ः३० बजेसम्ममा खाना खाएर विद्यालयका लागि तयार हुन्छन् । १० देखि ४ बजेसम्म कक्षा सञ्चालन हुन्छ । विद्यार्थी बेलुका पनि ध्यान गर्छन् । र, पढ्न बस्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here