भारत पुगेर फर्किए पूर्वराजा ज्ञानेन्द्र, कांकरभिट्टामा भब्य स्वागत

0
1068

लक्ष्मी उप्रेती/ कांकरभिट्टा ।


मंगलबार झापाको मेचीनगरमा पुर्व राजा ज्ञानेन्द्र शाहको समर्थनमा जय जयकारको नारा लागेको छ भने उनको भव्यरुपमा स्वागत समेत भएको छ ।

आइतबार पूर्वी नाका भएर पूर्व रानी कोमल शाहसहित भारतको सिक्किमस्थित चारधाम धार्मिक क्षेत्रलगायत दार्जिलिंग पुगेर फर्किने क्रममा उहाँका समर्थहरुले काँकरभिट्टामा हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ, श्री ५ महारजधिराज सरकारको जय होस जस्ता नारावाजी गरी फूलमाला पहिर्याएर स्वागत तथा सम्मान गरेका थिए ।

शिव सेना नेपाल झापाका अध्यक्ष बद्री महत, सदस्य गिरिराज पौडेललगायतको टोलीले पुर्वराजाको समर्थनमा जय जयकार गरेका थिए । शिव सेनाले पुर्व राजा समक्ष ज्ञापन पत्र समेत बुझाउदैं झापामा सवारीका लागि आग्रह गरेको अध्यक्ष महतले बताए ।

झण्डै साँझ ५ बजेतिर डब्लु वी ७६ ए ८८२७ नम्बरको भारतीय नम्वर प्लेटको सेतो रङको कारमा पुर्व रानी कोमल शाहसहित मेची भन्सार कार्यालय काँकरभिट्टाको यात्रुशाखा परिसरमा आइपुग्ेका पूर्व राजा ज्ञानेन्द्र शाह बा २१ च ७३१८ नेपाली नम्बरको कालो रंगको सवारी साधनमा पश्चिमतर्फ लागेका थिए ।

उनी आउने खवर प्राप्त भएपछि पुर्वीनाकामा सुरक्षा व्यवस्था मजवुत पारिएको थियो । गएको आईतबार डब्लु वी ७६ ए ८८२७ नम्बरको सेतो रङको दुई वटा कारमा पूर्व राजा शाह, उनकी पत्नी कोमललगायत परिवार काँकरभिट्टा नाकाबाट भारत गएका थिए । सोहि कारमा चढेर दुवै काँकरभिट्टा आईपुगेका थिए ।

श्रोतका अनुसार दमक बस्दै आएका पूर्व राजा शाह केही दिनका लागि दार्जिलिङ र सिक्किम घुम्न गएका थिए । पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनको परिवार १०÷१५ दिनका लागि सिक्किम घुम्न गएको भएपनि तीनदिनमा फर्किएका छन् । पूर्व राजा शाह गत पुसदेखि दमकस्थित चिया बगानको आफ्नै दरवारमा बस्दै आएका थिए ।

काँकरभिट्टामा पूर्व राजा आउने धेरैलाई थाहा नभए पनि उनको स्वागतका लागि केहि समर्थकहरुसहित शिव सेना नेपाल झापाका पदाधिकारीको सहभागिता थियो ।केही समयसम्म त्यहा अल्मलिएका उनलाई केही समर्थकहरुले सयपत्री फूलको माला लगाइदिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here