प्रदेश १ अन्तरविद्यालय छात्र वास्केटवल

0
1588

बिर्तामोड ।


टावर टेम्पल माध्यमिक विद्यालय विर्तामोड–५को आयोजनामा भइरहेको प्रदेश १ अन्तरविद्यालय छात्र वास्केटवल प्रतियोगितामा विहीवार डिपोट इङ्लिस स्कूल धरान र टावर टेम्पल माध्यमिक विद्यालय विजयी भएका छन् ।

विद्यालयको २३औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता अन्तर्गत विहीवार भएको देवी मावि र डिपोट इङ्लिस स्कूल वीच भएको पहिलो खेलमा डिपोट इङ्लिस स्कूल धरान र टावर टेम्पल माध्यमिक विद्यालय र वाल्मीकि एजुकेशन फाउण्डेशनबीच भएको दोश्रो खेलमा टावर टेम्पल माध्यमिक विद्यालय विजयी भएको खेल संयोजक विवेक धिमालले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शुक्रवार पहिलो खेल डिपोट इङ्लिस स्कूल धरान र लिटल फ्लावर्स स्कूल विर्तामोड र दोश्रो खेल बाल्मीकि एजुकेशन फाउण्डेशन र तारापुञ्ज इङ्लिस स्कूल चारआलीवीच हुने बिद्यालयका निर्देशक राजिव धिमालले जानकारी दिए ।

प्रदेश १ अन्तर बिद्यालय छात्र वास्केटवल प्रतियोगितामा झापा र सुनसरीका गरी छ वटा विद्यालयको सहभागिता रहेको खेल संयोजक विवेक धिमालले जानकारी दिए । प्रतियोगितामा झापाका टावर टेम्पल माध्यमिक विद्यालय, बाल्मीकि एजुकेशन फाउण्डेशन, लिटल फ्लावर्स स्कूल, तारापुञ्ज इङ्लिस स्कूल, देवी मावि र डिपोट इङ्लिस स्कूल धरानको सहभागिता रहेको उनले बताए ।

प्रतियोगिताको फाइनल आगामी माघ २९ गते गरिने र त्यही दिन सांस्कृतिक कार्यक्रम समेत गरिने बिद्यालयका निर्देशक राजीव धिमालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here