झापाली समाज अष्ट्रेलियाको सातौँ स्थापना दिवसमा रक्तदान

0
700

झापा ।

सन् २०१३ फेब्रुअरी ९ मा स्थापना भएको झापाली समाज अष्ट्रेलियाको सातौँ स्थापना दिवसको मनाएको छ । स्थापना दिवसको अवसरमा फेब्रुअरी ७,८,९ मा रक्तदान कार्यक्रम गरेको थियो ।

ब्यस्तताको बावजुत आफ्नो बहुमुल्य समय दिएर यस कार्यक्रमलाई सफल बनाउन समाजद्वारा रेडक्रसको रक्तदान केन्द्र टाउनहलमा बुकिंग गरिएको थियो। रक्तदान गर्न रेड्क्रसले समाजलाई दिइएको स्थान भन्दा बढी संख्यामा उपस्थिति भएकोले केही दाताहरूले अर्को हप्ता दिने गरी ब्यवस्था मिलाईएको थियो। रक्तदान कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष अशोक ओलीले गर्नु भएको थियो।

हालै अष्ट्रेलियामा भएको भिषण डडेलोको कारणले रगतको अभाव भएको अवस्थामा झापाली समाजले गरेको यो मानविय कार्यलाई रक्तदान केन्द्रका बिभिन्न ब्यक्तित्वहरूले प्रशंसा गरेका थिए। ब्यस्तताको बावजुत रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्नुहुने र कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्णलाई समाजका अध्यक्ष उमेश पोखरेलले आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एबं अन्तराष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेल, सल्लाहकार रुपराज मैनाली, उपाध्यक्ष दिपक चुडाल, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेल, उपाध्यक्ष अशोक ओली, सचिव अशोक उप्रेती, सह–सचिव मदन धौराली, कोषाध्यक्ष नविन थपलिया, सदस्यहरु तिर्थ खतिवडा, राजकुमार गोश्वामी, अमित श्रेष्ठ, प्रज्ञान श्रेष्ठ, अरूण बिमली, कुशल सिटौला, बिवेक पोखरेल, पायल तुलाधर, लगायतको उपस्थिति रहेको थियो।

स्थापना कालदेखि नै निरन्तर रूपमा झापाली समाज अष्ट्रेलियाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here