एक सय पाँच जना उत्कृष्ट विद्यार्थी पुरस्कृत

0
566

बिर्तामोड ।

झापाको विर्तामोड १ स्थित वुद्धस्मृति एजुकेशन फाउण्डेनले एक कार्यक्रमका बीच एक सय पाँच जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

विद्यालयका प्रिन्सिपल हरिकृष्ण पाठकको अध्यक्षता तथा संस्थागत विद्यालय अभिभावक संघ झापाका सदस्य केदार ढुंगानाको आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा २०७५ सालको वार्षिक परीक्षामा कक्षा नर्सरीदेखि कक्षा नौसम्म प्रथम ,द्धितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने कक्षा नर्सरीदेखि कक्षा १० सम्म सवैभन्दा वढी उपस्थिति हुने , अनुसाशित , सरसफाईमा ध्यान दिने , सहयोगी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा२०७५ सालको वार्षिक परीक्षामा वोर्डफस्ट हुने प्रिप्राइमरी तर्फ सायल राई , प्राइमरी तर्फ साएसा तामाङ , लोअर सेकेण्डरी तर्फ नमुना आचार्य र सेकेण्डरी तर्फ सृजनाकुमारी मण्डललाई समेत पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयकी संस्थापिका कमला विमली पाठक , संस्थागत विद्यालय अभिभावक संघ झापाका सदस्य केदार ढुंगाना , प्रदिप खतिवडा , कृष्ण पौडेल , शान्ता श्रेष्ठ , नेत्रप्रसाद न्यौपाने , माया प्रसाईं, गीता ढुंगेल , कमला मिश्रलगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल अर्जुन पाठक र विद्यार्थीहरु स्नेहा न्यौपाने र अंकिता खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here