देश बचाउँन जनता जाग्नुपर्छ–किराती

0
1220

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

देश बचाउँनका लागि जनता जागरुक हुनेबेला आएको नेकपा माओवादी केन्द्रले जनाएको छ । मुलुकलाई वर्तमान सरकारले अफ्गानीस्तान जस्तो बनाउन खोजेको भन्दै एमसीसी पास भए नेपालमा अमेरिका र भारतको रज्जाँई चल्ने माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले बताएका छन् । राष्ट्रियताको सवालमा महोन वैध, नेत्रविक्रम चन्द (विप्लव) लगायत माओवादी घटक दलहरुसंग कार्यगत एकता भएको बताएका छन् ।

पूँजीवादी निर्वाचन प्रणाली खारेज गरेर श्रमिक वर्गाीय समानुपातिक समाजवादी निर्वाचन प्रणाली लागू गर्नुपर्नेसहित १५ सुत्रिय माग गदैं विहीबारबाट माओवादी केन्द्रले मेची महाकाली देशभक्त जनसाँस्कृतिक अभियान पूर्वी नाका कांकरभिट्टाबाट सुरु गरेको छ । २५ औँ जनयुद्घ दिवसको अवसरमा देशभक्त जनसास्कृतिक अभियानको उद्घाटन गरिएको हो । झापाको मेचीनगर—६ काँकरभिट्टास्थित पञ्चमुखी हनुमान मन्दिर परिसरबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय किरातीले अभियानको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गदैं अध्यक्ष किरातीले वर्तमान केपी ओली नेतृत्वको सरकार नेपाललाई अमेरिकी साम्राज्यवादको युद्घको अखडा र नेपाललाई अर्काे अफगानिस्तान बनाउन लागेको आरोप लगाए । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को नीति र नेपालको ऐन कानुन संविधान बाझिएमा त्यो एमसीसीको प्रावधान हुने अर्काे जलस्रोतलगायत पुर्वाधारका काम नेपालमा गर्नुपर्दा भारतको स्वीकृत लिनुपर्ने भएको हुदा स्वतन्त्र नेपालमाथि जुन साम्राज्यवादी यो प्रत्यक्ष हस्तक्षेपको तयारी अमेरिकाले गरिरहदाँ ओली नेतृत्वको सरकार लम्सार परिरहेको घटनाले नेपाल भारत र अमेरिकाको संयुक्त उपनिवेश बन्ने उनको दावी थियो ।

नेपालको राष्ट्रिय आत्मनिर्णयको अधिकार कुण्ठित हुनु, नेपालका निश्चित समुदायका युवाहरुलाई दुईसय वर्षदेखि विदेशी सेनामा लखेट्ने काम हुनु तथा नेपालको भूमि अंग्रेज भारतलाई सुम्पिने काम सन् १८१६ को सुगौली सन्धीले गरेको बताउदैं यो सन्धीले मुख्य गरी यी तीनवटा खराव काम गरेको उनको तर्क थियो । अध्यक्ष किरतातीले लिम्पयाधुरा कालापानी र लिपुलेकसहित नेपाली भूमि फिर्ताको राष्ट्रिय सहमति कार्यान्वयन गर्न देशभक्त जनप्रतिरोध संघर्ष बढाउन आवश्यक रहेकाले चैत २४ गते काठमाण्डौमा रााष्ट्रिय भेला आयोजना गरेको जानकारी गराए ।

विशेषतः भारतद्वारा बलपुर्वक हडपिएको नेपाली भूमि फिर्ता र सीमा रक्षार्थ रााष्ट्रिय सहमति कार्यान्वयन गराउन नेकपा (माओवादी केन्द्र) ले मेची महाकाली देशभक्त जनसाँस्कृतिक अभियानसहित रााष्ट्रिय भेला आयोजना गरेको पार्टीका १ नम्बर प्रदेश अध्यक्ष विमल निरौलाले बताए । अभियानमा अध्यक्ष किरातीसहित पोलिटव्युरो सदस्य सुरेन्द्र कट्वाल, केन्द्रीय सदस्यहरु साहस राई कुमार राई ३ नम्बर प्रदेश अध्यक्ष प्रकाश राईसहभागि रहेका छन् । टोलीले ४५ दिनमा अभियान महाकाली पुगेर सम्पन्न गर्ने छ । हरेक प्रदेशमा पार्टीले कार्यक्रम गर्ने छ ।

अन्तर्राष्ट्रिय सीमा निवासी नेपाली जनतालाई विशेष आर्थिक भौतिक शैक्षिक सुविधाको व्यवस्था गर्नुपर्ने, जनसंख्या पूर्ण समानुपातिक आधारमा राजनीतिक अधिकार लिन सम्पुर्ण किसान, मजदुर सुकुम्वासी र रािष्ट्रय चरित्रका पूँजीपतिहरु एक हुनुपर्ने, श्रमजीवि वर्ग, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त सत्ता समाजवादी गणतन्त्र नेपाल स्थापना गर्ने, राज्यको ७० प्रतिशत बजेटसहित समाजवाद कार्यान्वयन दायित्व स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने, भूमिहिन सुकुम्वासी नागरिकलाई आधुनिक आवास र सम्मानसहित रोजगारीको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी तथा खाद्यसम्बन्धि नागरिकको मौलिक अधिकार वहाल गर्नुपर्ने, विपन्नवर्गको नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनुपर्ने, भ्रष्टचारी र बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने, संविधानको समाजवादी पुनलेखनसभा आयोजना गर्नुपर्ने, इण्डो प्यासिफिक सैन्य रणनीतिमा संलग्नता र एमसीसी सम्झौता खारेज गर्नुपर्ने तथा टिष्टा काँगडा फिर्तागर्नुपर्नेसहित १५ सुत्रीय देशभक्त जनसाँस्कृतिक निर्माण अभियानका माग रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here