आजदेखी तेश्रो सताक्षी गोल्डकप शुरु हुदैं

0
600

झापा ।

सिजनको पहिलो गोल्डकप प्रतियोगिता आज (आईतवार) देखी झापामा शुरु हुदै छ ।

सताक्षी गोल्डकपको तेस्रो संस्करण अन्तर्गतको प्रतियोगिताको उद्धघाटन खेलमा आयोजकले मनाङ मस्र्याङ्दी क्लबको सामाना गर्ने छ । आयोजकका अनुसार कलेक्सन खेलाडी आफ्ना तर्फबाट मैदानमा उत्रने छन ।

उता मनाङ्गले पहिलो रोजाईकै खेलाडीलाई मैदानमा पठाउदै छ । मनाङ्गका खेलाडी शनिवारै झापा आईपुगीसकेको आयोजक समितिका प्रचार संयोजक योगेन लावतीले जानकारी दिए ।

सतासीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे गणेशमान शिह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सुरु हुनेछ । ए डिभिजन क्लबसहित आठ वटा नाम चलेका क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्नेछन् ।

गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वा्धिक गोलकर्तालाई नगद २५ हजार प्रदान गनिेछ आयोजक समितिले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता ११ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here