आज रवि लामिछानेलाई बिर्तामोडमा भब्य स्वागत गरिदैं

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड,

भ्रष्टचार विरुद्ध सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रवि लामिछाने आज झापा आउने भएका छन् ।

लामिछाने झापा आएसंगै बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा दर्जन बढी संघ संस्थाले स्वागत सम्मान गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का सदस्य बलराम कार्कीले जानकारी दिए । लामिछानेलाई बिर्तामोडस्थित अतिथि सदनमा स्वागत सम्मान गरिने भएको छ ।

उनी चलचित्र ‘माइकल अधिकारी’को झापामा छायङ्कन समापन भएसंगै आयोजित कार्यक्रममा अतिथिको रुपमा झापा आउन लागेका हुन् । माइकल अधिकारीको छायङ्कन झापा र इलामका पर्यटकीय स्थलमा छायङ्कन गरिएको छ । पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउँदै चलचित्र पूर्वका पर्यटकीय क्षेत्रमा छायङ्कन गरिएसंगै औपचारिक समापन समारोहका लागि उनी झापा आउन लागेको न्यूज २४ का झापा समाचारदाता राजु पौडेलले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here