युवालाई स्वदेशमै रोक्न चुनौती

८ फाल्गुन २०८०, मंगलवार मा प्रकाशित


विगत केही वर्षको तथ्यांकलाई केलाएर हेर्ने हो भने अध्ययन र रोजगारका लागि युवा तथा विद्यार्थी विदेश पलायनको तथ्यांक निक्कै डरलाग्दो छ । नेपालमा नै बसेर केही गर्न सकिन्छ भन्नेहरु भन्दा अबको बाटो शिक्षा र रोजगारीका लागि विदेश जानुपर्छ भन्ने आम युवाहरुको संख्या बढ्दो क्रममा छ । विभिन्न अध्ययनका आधारबाट आएका तथ्यांकलाई केलाउँदा नेपालमै बसी गरिखानेभन्दा विदेश जाने युवा जनशक्ति धेरै देखिएको छ । प्रत्येक घर–घरबाट वैदेशिक रोजगारी र शिक्षाका लागि विदेश जाने युवापंक्ति ज्यादै धेरै छ । राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई युवा भनिन्छ । नेपालको जनगणना २०७८ लाई हेर्दा ४२.५६५ जनसंख्याको हिस्सा युवा वर्गले ओगटेको छ ।

नेपाल सरकार शिक्षा मन्त्रालयबाट उच्च शिक्षा अध्ययनका लागि अनुमति लिएर विदेश जानेको संख्या ठूलो छ । २०७० देखि २०७९ सम्म हजारौं युवा विद्यार्थी बाहिरिएका छन् । २०७० देखि हालसम्म हेर्दा चार लाख ४७ हजार सात सय ७१ विद्यार्थी उच्च शिक्षाका लागि विदेशिएका छन् २०७३–२०७४ मा ५० हजार सात सय ९६, २०७४–२०७५ मा ५८ हजार सात सय ५८, २०७५–२०७६ मा ६३ हजार चार सय १८, २०७६–०७७ मा ३३ हजार एक सय ९६, २०७७–०७८ मा २८ हजार आठ सय ८३, २०७८–०७९ मा एक लाख दुई हजार पाँच सय चार, २०७९–०८० मा एक लाख १० हजार दुई सय १७ जना अध्ययनका लागि अनुमति लिएर गएका छन् । जुन रफ्तारमा विद्यार्थीहरु बाहिरिँदै छन् यो तथ्यांकले मुलुकमा चौतर्फी चुनौती थपिँदै गएका छन् ।

माथिको शिक्षा अध्ययनको तथ्यांकलाई हेर्दा के नेपालमा शैक्षिक संस्थाहरु नभएका हुन त ? पक्कै पनि होइनन् । नेपाल सरकारले सञ्चालमा ल्याएका १६ वटा विश्वविद्यालय सञ्चालनमा ल्याएका १६ वटा विश्व विद्यालय सञ्चालमा छन् । संघीय सरकारको पहलमा थप दुई वटा प्रदेश सरकारको पहलमा तीन वटा विश्व विद्यालयहरु सञ्चालको तयारी गरेको छ । यदि सबै विश्व विद्यालयहरु स्थापना गरेमा नेपालमा जम्मा २१ विश्वविद्यालयहरु निकट भविष्यमा नेपालमा सञ्चालनमा आउने निश्चित छ ।

चिकित्सा शिक्षा, इञ्जिनियरिङ जस्ता प्राविधिक विषय अध्ययन गर्न धेरै युवापिडी विदेश पलायन भएका छन्, यसले देशको ठूलो धनराशी विदेश गएको छ । विद्यालय विश्व विद्यालयहरु यति धेरै हुँदा पनि किन युवा पलायन हुन रोकिएन ? यति धेरै शिक्षामा भएको उन्नतिले र विश्वविद्यालय विद्यालयहरुले पनि किन युवापिढीलाई नेपालमा नै शिक्षाका लागि रोक्न सकेन ? यो सोचनीय विषय बनेको छ ।

नेपाल सरकारले स्थानीय सरकार मार्फत २०७५ सालदेखि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम शुरुवात गरेको थियो । उक्त कार्यक्रम मार्फत युवाहरुलाई एक सय दिन रोजगार दिने योजना स्वरुप यो कार्यक्रम ल्याइएको हो । तर, यो कार्यक्रमले पनि लाखौं बेरोजगार युवाहरुलाई समेट्न सकेन । जम्मा वर्षको एक सय दिनको कामले तीन सय ६५ दिनको रोजी रोटीमा पूर्णतया सहायता गर्न सकेन । काठमाडौं महानगरपालिकाले युवाहरुलाई रोजगारीको बाटोमा अगाडि बढाउन काम गरिरहेको छ ।

नेपाललाई कृषि प्रधान देश भनेर चिनिन्छ यहाँ ५१.१५ जनसंख्या कृषिमा आबद्ध देखिन्छ । यसलाई आर्थिक उपार्जनको प्रमुख स्रोत बनाउन सकिन्छ । त्यसका लागि किसानलाई अझै सहुलियत रुपमा कर्जा, कृषि उत्पादनलाई निःशुल्क बिमा, उत्पादन बिक्रीलाई सहज वातावरण, उत्पादन बिक्री केन्द्र र सामुहिक खेती प्रणाली आदिलाई स्थानीय र संघीय सरकाले जोड दिन जरुरी देखिन्छ ।

पर्यटनमा पनि अथाह सम्भावना बोकेको मुलुक हो हाम्रो प्रकृतिले हामीलई ठूलो उपहार दिएको छ । हिमाल, पहाड, तराइ आदिसँग भिन्नभिन्नै वातावरण हावापानी र भू–बनोटले पर्यटक लोभ्याउन सक्ने छटाहरु हामीसँग छन् । धार्मिक पर्यटनका लागि पनि यो मुलुकले अथाह सम्भावना बोकेको छ । पशुपतिनाथ, लुम्बिनी, जनकपुर, मुस्ताङ, मुक्तिनाथ लगायतका थुप्रै धार्मिक पर्यटकीय क्षेत्रहरु नेपालमा छन् यसले आन्तरिक र विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सक्छन् । यिनीहरुको उपयोग र प्रचार–प्रसार गर्न सके लाखौं युवालाई देशभित्रै रोजगारीको सृजना गर्न सकिन्छ । युवा देश छोडेर बाहिर जानेक्रम रोक्नलाई हरेक युवावर्गलाई समयमा नै शिक्षा, रोजगारी र नेपालमा नै भएका सम्भावनाहरुलाई चिनाउन लाग्नु पर्ने देखिन्छ । यति प्रचुर सम्भावना हुँदाहुँदै पनि युवा पलायन रोक्न आजबाट नै केही त गरियोस् सरकार ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here