गणपती कर्नेल याकथुम्वालाई सम्मानसहित विदाइ

0
592

बिर्तामोड ।

झापाको अर्जुनधारामा आयोजित कार्यक्रमका वीच नयाँ श्रीनाथ गण चारआलीका गणपती कर्नेल मुक्स याकथुम्वालाई सम्मानसहित विदाइ गरिएको छ ।

वीरता जेसीज , वडी ग्यारेज र पूर्वेली युवा क्लवले अर्जुनधारामा एक कार्यक्रमका वीच सरुवा भएर जान लागेका गणपती कर्नेल मुक्स याकथुम्वालाई झापामा रहँदा सुरक्षाको क्षेत्रवाट झापाली नागरिकलाई पुर्याएको योगदानको कदर स्वरुप सम्मानसहित विदाइ गरेका हुन् ।

वडी ग्यारेजका सञ्चालक तथा कार्यक्रम संयोजक दिपेन चौधरीको अध्यक्षता तथा नयाँ श्रीनाथ गणका गणपती कर्नेल मुक्स याकथुम्वाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल , वडी ग्यारेजका सञ्चालक गोल्डमेडलिष्ट राम दाहाल र पूर्वेली युवा क्लवका पूर्व अध्यष तथा वीरता जेसीजका पूर्व अध्यक्ष सञ्जु भारतीलगायतले गणपती कर्नेल मुक्स याकथुम्वालाई खादा र सम्मान पत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा नयाँ श्रीनाथ गणका गणपती कर्नेल मुक्स याकथुम्वाले झापामा रहँदा झापाली नागरिकवाट संधै साथ र सहयोग पाएको वताएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका कोषाध्यक्ष तथा पूर्वेली युवा क्लवका सचिव प्रकाश सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here