आल्मुनियमको बढ्दो प्रयोग

0
1458

शहरीकरण बढ्दो छ । दिन प्रतिदिन नयाँ–नयाँ घर निर्माण भइरहेका छन् । गाउँदेखि शहरसम्म नै नयाँ–नयाँ डिजाइनका घर निर्माण भइरहनु र पर्याप्त काठ नपाउनु अहिलेको प्रमुख समस्या हो । जलवायु परिवर्तनको असर, दिगो वन व्यवस्थापन आदि कारणले घर निर्माणका लागि पर्याप्त काठ पाउन मुस्किल छ । त्यसमाथि पनि वन लगाउनेभन्दा मासिने क्रम तीब्र भएपछि काठ अपुग हुन्छ । झापामा रहेका सबै बन समुदायमा हस्तान्तरण भएका छन् । लक्षित समुदायभन्दा बाहिर काठ पाउन मुस्किल भएको समयमा वैकल्पिक साधनको रुपमा अहिले घर निर्माणकर्ताले आल्मुनियमको प्रयोग गर्न थालेका छन् । तर, गुणस्तरीय आल्मुनियम घर निर्माणमा प्रयोग गर्न नपाउँदा अघिकांश नयाँ घर निर्माणकर्ता पछिल्लो समय आजित बनेका छन् ।

हुन त नेपालमा आल्मुनियमको व्यापार शुरु भएको लामो समय भएको छैन । काठ नपाएपछि बैकल्पिकका रुपमा आल्मुनियमको प्रयोग गरिँदै आएको अहिले आल्मुनियमको प्रयोग अनिवार्य जस्तै भएको छ । नयाँ घर, अफिस, वा जुनसुकै भौतिक संरचना निर्माण गरे पनि आल्मुनियम पहिलो प्राथमिकतामा पर्न थालेको छ । केही समय अघिसम्म शहरी क्षेत्रमा मात्र प्रयोग हुँदै आएको आल्मुनियम अहिले ग्रामीण क्षेत्रमा पनि उत्तिकै प्रयोग हुन थालेको छ । आल्मुनियम प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गएपछि आल्मुनियमको व्यवसाय पनि विस्तारै फष्टाउँदै गएको छ । अहिले झापामा आल्मुनियम विक्रीका लागि आधिकारिक सप्लायर्स कमै मात्रामा छन् । तर, सुनसरीको इटहरी, मोरङको विराटनगर जस्ता ठूला बजारमा यसको सप्लायर्स खुलेका छन् ।

पछिल्लो समय झापामा पनि आल्मुनियमका सबै सामग्री एउटै छानामुनि पाउन सक्ने व्यवस्था सहित बिर्तामोडमा ब्रम्हबारा ट्रेडिङ्ग प्रालिले आध्या आल्मुनियमको विक्री बितरण शुरु गरेको छ । पूर्वका चार जिल्लालाई लक्षित गर्दै प्रालिले आध्याका आल्मुनियम बिक्री शुरु गरेको हो । यसले सप्लायर्सका रुपमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ्गसम्म आल्मुनियमका सबै सामग्री उपलब्ध गराउने भएको छ । आध्या ब्राण्डको आल्मुनियम आफैंमा राम्रो, भरपर्दाे र टिकाउ हुन्छ । यसको फिनिसिङ राम्रो हुने भएकाले घर तथा निर्माण गरिएका जुनसुकै भौतिक संरचनामा प्रयोग गर्दा पनि नट नखुकुलिने, नवाङ्गिने र दोहोरो खर्च नलाग्ने, वारेन्टीसहित वजारमा आएको छ । खर्चको हिसावले समेत अत्यन्त शुलभ मूल्यमा पाइने भएपछि काठको तुलनामा यसको प्रयोग फाइदाजनक हुने ब्रह्मबारा ट्रेडिङ्ग प्रालिका सञ्चालक पर्शुराम सुवेदीले बताए ।

आध्या आल्मुनियम नेपालमा पछिल्लो समय नाम चलेको अल्मुनियमको ब्राण्ड हो । यो ब्राण्डका सामग्री प्रयोगमा ग्राहकले सन्तुष्टि प्राप्त गर्ने र कुनै गुनासो नआउने भएपछि यसको वजारीकरण आफूहरुले शुरु गरेको सुवेदी बताउँछन् । उनी भन्छन्– यहाँको बढ्दो माग र बजारलाई मध्यनजर गर्दै स्वदेशमै लगानी गरेको हुँ । कमाउनेभन्दा सेवा गर्ने रहर जागेर आध्या आल्मुनियमको व्यवसाय शुरु गरेको उनको भनाइ छ ।

यसको प्रयोगले बढ्दो बन विनाशका कारण वातावरणमा परेको असरलाई कम गर्न सकिन्छ– उनी भन्छन्– काठभन्दा आल्मुनियमको प्रयोगले घरको डिजाइन पनि देखिने र बन विनासपनि कम हुने हुँदा घर निर्माणकर्तालाई आल्मुनियमको प्रयोग गर्न मेरो सल्लाह छ । मेरोमा आल्मुनियमका सामग्री खरिद गर्नुहोस् भन्ने मेरो भनाइ होइन आफूले प्रयोग गरेको आल्मुनियमको सामान कत्तिको भरपर्दाे र टिकाउ छ, त्यो चाहिँ हेर्नु होला ।

आल्मुनियम व्यवसाय गर्ने व्यवसायी अहिले झापामा संगठित छैनन् । झापामा वार्षिक कति आल्मुनियम खपत हुन्छ कुनै निकायसँग पनि आधिकारिक तथ्याङ्क छैन । तर, यसको प्रयोग भने बढ्दो छ । यसको बजारलाई अझ प्रभावकारी र मर्यादित बनाउन आल्मुनियम व्यवसायीहरु संगठित हुन भने जरुरी देखिएको छ । प्रतिस्पर्धाको बजारले ग्राहकलाई फाइदा पुग्ने देखिए पनि गुणस्तरीय सामग्री प्रदान गर्न सकिएन भने ग्राहक ठगिने भएकाले सबै आल्मुनियम व्यवसायीहरु संगठित हुँदै स्वच्छ प्रतिष्पर्धा गर्दै गर्दा यसको वजारलाई व्यवस्थित गर्नु आजको आवश्यकता हो ।

विदेशबाट फर्किएर आल्मुनियम व्यवसाय

मोरङको पथरी–शनिश्चरे नगरपालिकाका पर्शुराम सुवेदीले विदेशमा आठ वर्ष बिताए । उनले जापानमा आठ वर्षसम्म श्रम र पसिना बगाउँदा धन आर्जनसँगै ज्ञान र सिप पनि सिके । विदेशमा सिकेको सिपलाई अहिले स्वदेशमा सदुपयोग गर्दै सेवामा लागेका छन् । वातावरण संरक्षणका क्षेत्रमा रुची राख्ने उनले अहिले आल्मुनियमको प्रयोगलाई बढावा दिएका छन् । जसका लागि उनले झापाको बिर्तामोडमा आल्मुनियम सम्वन्धी व्यवसाय शुरु गरेको बताएका छन् ।

युवा अवस्थामा आफ्नै ठाउँमा केही गर्नुपर्छ र सिकेको सिपलाई सदुपयोग गर्दै स्वादेशमा नै लगानी गर्दा आफू पनि स्वरोजगार हुने र अरुलाई पनि स्वरोजगार बनाउन सकिने भन्दै उनले लाखौं रुपैयाँ लगानी गरेर आल्मुनियम व्यवसाय शुरु गरेका छन् । जुन व्यवसायले उनलाई झापामा मात्र होइन पूर्वमै सफल युवा व्यवसायीका रुपमा चिनाएको छ । मेरो पहिलो लक्ष्य भनेकै वातावरण संरक्षण हो– पर्शुराम भन्छन्– वातावरण संरक्षणका लागि वृक्षरोपण अनिवार्य छ अनि भएका विरुवाको संरक्षण गर्न जरुरी छ । तर, झापासहित देशैभर घर निर्माणको क्रम तीव्र हुँदा वन जंगल नासिँदैछ । यही अवस्था रहे नेपाल एक दिन उजाड हुन्छ । तसर्थ वृक्षरोपणमा लागेर वन संरक्षणका लागि सबैलाई आग्रह गर्छु । अनि घर निर्माण गर्दा काठको सट्टा आल्मुनियमको प्रयोग गरौं ।’

पर्शुराम आफैले अहिले बिर्तामोडस्थित गोमेन्द्र मार्गमा आल्मुनियम पसल सञ्चालन गरेका छन् । घर निर्माणकर्तालाई उनी आफैं काठको सट्टा आल्मुनियमको प्रयोग गर्दा हुने फाइदाका विषयमा बताउँदै आएका छन् ।

विदेशमा देखेको, गरेको र सिकेको सिपका कारण मलाई आल्मुनियम व्यवसाय गर्न प्रेरित ग¥यो– उनी भन्छन्– विदेशमा काठको सट्टा आल्मुनियमको प्रयोग बढी हुन्छ । काठको प्रयोग हामीले मात्रै गर्ने हो । काठ प्रयोग गर्दा एक त वातावरण बिग्रछ अर्काे घर निर्माणमा खर्च बढी हुन्छ । बचत गर्ने बानीको विकाससँगै नयाँ–नयाँ प्रविधि अपनाएर पनि सुरक्षित र व्यवस्थित घर बनाउन हामीले विदेशीबाट सिक्न जरुरी छ– सुवेदी भन्छन्– काठको तुलनामा आल्मुनियमको प्रयोग अहिले अतिउत्तम हुन्छ ।

आध्या आल्मुनियमको व्यवसाय नै किन ?

यसले नेपालीको मन जितेको छ । यो नेपालकै प्रशिद्ध व्राण्ड बन्न सफल भएको छ । यो मिसावट रहित र वलियो, टिकाउ र भरपर्दाे भएकाले यसको व्यवसाय शुरु गरेको हुँ– उनी भन्छन्– एकपटक प्रयोग गरेपछि मन खिन्न पार्नु पर्दैन । हामीले अहिले यस ठाउँबाट घर निर्माणका लागि झ्याल ढोका लगायतका पार्टिसनमा लाग्ने सबै सामग्री एकै ठाउँबाट उपलब्ध गराउँछौं । यहाँबाट आल्मुनियम हार्डवेयर, एसीपी वोर्ड, नेपाल वोर्ड, एसएस पाइपका सम्पूर्ण सामग्री उपलब्ध गराउँछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here