अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग

0
803

बिर्तामोड ।

सामाजिक सञ्जाल फेसबुक मार्फत संगठित भएको मेची महाकाली बुहारी ग्याङले शनिबार झापाको अर्जुनधारामा रहेको अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।

अभियानका संयोजक यमु शर्मा सुब्बाको उपस्थितीमा भएको कार्यक्रममा केन्द्रलाई चामल, दाल, आलु, तेल, साबुन, प्याज तथा फलफुल हस्तान्तरण गरिएको हो । आश्रममा ९ जना बालबालिका बस्दै आएका छन् । शारिरीक रुपमा असक्त कृष्णदेब दुलालको सक्रियतामा सञ्चालित केन्द्रले शिक्षकको ब्यवस्था गरेर आश्रममा रहेका बालबालिकालाई अध्ययन अध्यापन गराउँदै आएको छ ।

काठमाण्डौ घर भइ अमेरिका बस्दै आएकी संयोजक सुब्बाको सक्रियतामा ६ महिना अघि संगठित समुहले बिभिन्न स्थानमा त्यसरी सहयोग गर्दै आएको बताएको छ । झापा देखि कञ्चनपुरसम्मका ७७ वटै जिल्लामा नेटवर्क रहेको मेची महाकाली बुहारी ग्याङले चितवन, सुर्खेत, झापा र काठमाण्डौमा यो चरणमा सहयोग हस्तान्तरण गर्ने बताएको छ ।

झापामा रहेका बुहारी ग्याङका सदस्यहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग अभियानको तयारी गरेको एकजना सदस्य अम्बिका मैनालीले जानकारी दिइन् । उनले बिरामि भएर उपचार गर्न नसकेका सदस्यहरुलाई ग्याङले सहयोग गर्ने समेत बताइन् । उपचार सहयोग गर्ने ।

बुहारी ग्याङका सदस्यले जन्मदिनको खर्च कटाएर बृद्धाश्रम, बालआश्रम लगायतमा सहयोग गर्ने योजना बनाएको झापा संयोजक चन्द्रा काफ्लेले बताइन् । उनले ७७ जिल्लामा फैलिएको सो अभियानका सदस्यले हरेक जिल्लामा यस्तै अभियान सञ्चालन गरिरहेको जानकारी दिइन् । हालसम्म अभियानमा देशभरका ३ हजार ७ सय सदस्य जोडिएको अभियानकर्ता गंगा ग्रिस्माले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here