तीन विधेयक पारित गर्दे शिवसताक्षीको सकियो हिउदे अधिवेसन

0
581

विनोद सापकोटा
शिवसताक्षी, झापाको शिवसताक्षी नगरको पाँचौ नगरसभा अर्थात हिउदे अधिवेसन ३ वटा बिधेयक पारित गर्दे शनिवार सकिएको छ । शुक्रबारवाट शुरु सभामा तीनवटा विधेयकमाथी दफावार छलफल भएको नगरका प्रवत्ता नविन ईजमले वताए ।
शिवसताक्षी नगरको यसअघि चौथो नगरसभाबाट पारित निती तथा कार्यक्रमको पनि सभामा समिक्षा गरिएको उनले वताए । चालु आवको यो अवधिमा नगरको विकास बजेट ४० प्रतिसत खर्च भईसकेको शिवसताक्षी नगरको लेखा साखाले जनाएको छ ।


सभाबाट वातावरण तथा प्राकृतीक श्रोत संरक्षण ऐन पारित भएको छ । नेपालको संविधानको धारा २२१ बमोजिम अनुसुची ८ र अनुसुची ९ मा उल्लेखित वातावरण, प्राकृतीक श्रोत र जैविक विविधता संम्वन्धी स्थानीय तहको अधिकार कार्यन्वयनका लागि यो विधेयक ल्याईएको हो । ८ वटा परिच्छेद अन्तर्गत ५६ वटा दफा रहेको सो विधेयकको परिच्छेद १ परिचय, २ मा वातावरण संरक्षण, ३ मा फोहोरमैला व्यवस्थापन सम्वन्धी व्यवस्था, ४ मा जैविक विवधता संरक्षण, ५ मा बन तथा हरित क्षेत्रको संरक्षण तथा व्यवस्थापन, ६मा संस्थागत व्यवस्था, ७ मा कसुर जरिवाना तथा क्षतिपुर्ती र ८ मा यो परिच्छेदको विविध विषयका बिधेयक स्वीकृत भएका छन ।
सभाले शिक्षा विधेयक पनि स्वीकृत गरेको छ । नेपाल सरकारको संविधान २०७२ को धारा २२१ अनुसुची ८ को सुची ८ तथा स्थानीय सरकार संञ्चालन ऐन,२०७४को दफा ११(ज)ले दिएको अधिकार प्रयोगगरी आधारभुत तथा माध्यमिक शिक्षाको व्यवस्था गर्न नगरसभाले यो विधेयक स्वीकृत गरेको हो ।
प्रस्तुत विधेयकमा केहि संसोधन पछि पारित गरिएको थियो । ११ वटा परिच्छेदको ७२ वटा दफा मा सभामा दफावार छलफल भएको प्रवक्ता ईजमले जानकारी दिए । उनका अनुसार परिच्छेद १ मा विधेयक माथिको प्रारम्भीक, २ मा शिक्षामा नागरिकको पहुँच र नगरपालिकाको दायित्व, ३ मा अनिवार्य तथा निशुल्क शिक्षा, ४ मा विद्यालय सञ्चालन, अनुमती, भौतिक पुर्वाधार तथा मापदण्ड, ५मा शिक्षक महाँसघ, शिक्षक, कर्मचारीको आचार संहिता, शिक्षकको सरुवा तथा सेवाका सर्तहरु, ६मा शिक्षाका लागि वजेट विनियोजन तथा अनुदान, ७ मा कसुर तथा जरिवाना तथा विभागीय कार्वाही, ८मा खेलकुद, अतिरिक्त क्रियाकलाप र छात्रवृद्धी, ९ स्थानीय पाठ्यक्रम, परिक्षा समिति, शैक्षिक तालिम, शिक्षाको गुणस्तर, शैक्षिक अनुसन्धान एवं प्रविधिको विकासका लागि विधेयक पारित भएका छन ।
परिच्छेद १० मा नगर शिक्षा समिति, वडा समन्वय समिति तथा विद्यालय व्यवस्थापन समिति गठन सम्वन्धी विधेयक र ११ मा सो परिच्छेदका लागि विविध विषय सभाबाट स्वीकृत भएको छ ।
शिक्षा विधेयकमा शिक्षकले नगरभित्र जुनसुकै सामुदायीक विद्यालयमा सरुवाका लागि तोकेको फारम भरे नगर शिक्षा अधिकारीको स्वीकृतिमा नगरकार्यपालिकाले सरुवा गर्न सक्ने भएको छ । यस्तै विद्यालयमा मापासे गरि आएको प्रमाणीत भएमा, विद्यालय समयमा अन्यत्रै व्यवसायीक क्रियाकलाप गरेमा, नैतिक पतन हुने फौजदारी अभियोग सम्मानित अदालतबाट सजाँय तोकिएमा र विना मौखिक ७ दिन र विना लिखीत १५ दिन सम्म विद्यालयमा अनुपस्थित भएका यो विधेयकमा कसुर तथा जरिवाना तथा विभागिय कार्वाहि हुने व्यवस्था गरिएको छ ।
शिक्षा विधेयकमा नगर शिक्षा समितिको संयोजक नगरप्रमुख हुने व्यवस्था छ । सो समितिमा ६ जना मनोनित हुने र उनिहरुको अवधि ३ वर्षको तोकिएको छ । सामुदायीक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकवाटै हुने व्यवस्था भएको छ । प्रवक्ता ईजमका अनुसार विद्यालयको व्यवस्थापन समिति गठन प्रक्रियामा वालक्लवका छात्र तथा छात्रा २ जना, शिक्षक प्रतिनिधी १, अभिभावक ४, १० लाख भन्दा माथी नगद वा जिन्सी चन्दा दिने वा सेवा क्षेत्र भित्रको शिक्षा प्रेमी २, सम्वन्धित वडाको अध्यक्ष वा सदस्य १ र विद्यालय का प्रधानाध्यापक सदस्य सचिव रहने विद्यालय व्यवस्थापन समिति गठन विधेयक पारित भएको छ ।
यता नगरसभाले सामाजिक सुरक्षा विधेयक पारित गरेको छ । ९ वुदा रहेको सो विधेयकको परिच्छेद १ मा विधेयकको परिचय, २ मा योगदानमा आधारित सामाजिक सुरक्षा योजना, ३ मा कोषमा सुचिकरण सम्वन्धी व्यवस्था, ४ मा कोषको स्थापना तथा संचालन संवन्धी व्यवस्था, ५ मा कोषको संचालक समिति सम्वन्धी व्यवस्था, ६ मा व्यत्तिको पहिचान अभिलेख र परिचय पत्र, ७ मा कोष अधिकारी तथा कर्मचारी सम्वन्धि व्यवस्था, ८ मा कसुर र दण्ड सजाय सम्वन्धी व्यवस्था र ९ मा सो विधेयकका लागि आवस्यक पर्ने विविध विषयको विधेयक पारित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here