क्यान्सरको उपचारमा २५ % छुट दिइने

0
691

झापा।

पूर्बाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले महिलाहरुका लागि क्यान्सरको जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

महिला दिवसको अवसर पारेर ओपीडीमा निःशुल्क र जाँचमा समेत २५ प्रतिशत छुटको व्यवस्था गरेको हो । फागुन २५ गतेदेखि चैत १३ गतेसम्म अस्पतालले छुट सेवा प्रदान गर्न लागेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

महिलाहरुले स्तन क्यान्सर, पाठेघरको क्यान्सर, महिलाको अण्डाशयको जाँचसहितका सेवा पाउने भएका छन् । चार अर्ब रुपैयाँ लगानी गर्दै सञ्चालनमा ल्याइएको अस्पताल पूर्वाञ्चलकै पहिलो क्यान्सर अस्पताल हो । कूल ३०० शैय्याको अस्पतालले ठूलो आन्द्राको क्यान्सर भएका २९ वर्षीय पदम मिश्रलाई निःशुल्क उपचार गर्दै सेवा शुरु गरेको थियो ।

पूर्वलाई ‘मेडिकल हब’ बनाउने उद्देश्यसहित क्यान्सर अस्पताल सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालक दुर्गा प्रसाईंको भनाइ छ । विशिष्ठकृत सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा आएको पूर्वाञ्चल क्यासर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रकुमार यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here