कम्युनिष्ट आन्दोलन बुझ्ने पाठशाला बन्दै सालवारी

0
1497

 

बिर्तामोड,

झापा किसान विद्रोहमा जीवन बलिदान गरेका पाँच सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदको प्रतिमा निर्माण गरिएपछि अर्जुनधाराको सालवारी पर्यटकीय गन्तव्य मात्र बनेको छैन कम्युनिष्टहरुको इतिहास बुझ्ने पाठशालाका रुपमा विकसित हुँदै गएको छ ।

प्रतिमा स्थापना गरिएका पाँचैजना सहिदलाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेको इतिहास पर्यटकलाई बुझाउँन थालेसंगै सालवारी कम्युनिष्टहरुको इतिहास वुझ्ने पाठशालाको रुपमा विकास भएर गएको छ ।
केही समय अघिसम्म सुखानी सहिद स्मृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य थियो तर, पछिल्लो समय कम्युनिष्ट राजनीतिक बुझ्नेहरुका लागि महत्वपूर्ण गन्तव्य नै बनेको छ ।

प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ प्रदेश प्रमुख भएलगत्तै सालवारी आएर पाँच सहिदलाई श्रद्धाञ्जलि अपर्ण गर्दै उनीहरुको योगदानको स्मरण गरेका थिए । उनीमात्र होइन कम्युनिष्ट विचारधारा बोक्ने जो कोही पनि एक पटक सुखानी र सालवारी आउने गरेको १ नम्वर प्रदेश सभा सदस्य बीर्ख प्रधानले बताए । हरेक वर्ष सुखानीमा फागुन २१ गते सहिदको स्मरण गर्दै नेकपाले श्रद्धाञ्जलि सभाको आयोजना गर्दै आएको छ । जहाँ नेकपाका शीर्ष नेता तथा कार्यकर्ताको सहभागीता रहन्छ । सुखानी आएका सबै शीर्ष नेता सालवारी आएका कारण सालवारीले अहिले मुहार फेरेको छ ।

सालवारीमा केही वर्ष अघि पाँच सहिदको पूर्णकदको सालिक निर्माण गर्दै सुखानी सहिद स्मृति प्रतिष्ठानले सालवारीलाई व्यवस्थित गरेसंगै पर्यटकीय केन्द्रका रुपमा चिनिएको सालवारी विस्तारै राजनीतिक केन्द्रकै थलो बन्दै गएको हो ।

साबिक मेची अञ्चलको मुख्य व्यापारिक क्षेत्र बिर्तामोड नजिकै रहेको यो क्षेत्र शान्त, मनोरम र शीतल भएकाले गर्मीको समयमा पर्यटकको चहलपहल बढ्ने गर्छ ।
सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा फैलिएको यो उद्यानमा पोखरी, पार्क र लोप हुन लागेका कछुवासहितका वन्यजन्तु संरक्षण गरी राखिएका छन् ।

पञ्चायतकालमा भएको आन्दोलनका क्रममा ज्यानको आहुति दिएका सहिदको स्मृतिलाई ताजा राख्न उद्यान स्थापना भए पनि पर्यटकीय क्षेत्रका रूपमा विकास भएको र कम्युनिष्टहरुको राजननीति बताउन सक्ने थलो भएको सुखानी सहिद स्मृति प्रतिष्ठानका पार्क व्यवस्थापन समिति अध्यक्ष टंक वराल बताउँछन् । उनी भन्छन् – कम्युनिष्ट आन्दोलन झापाबाट शुरु भएको हो । लामो संर्घषबाट अहिले मुलुक नयाँ मोडमा पुगेको छ त्यसको श्रेय पाँच सहितलाई जाने भएकाले पनि यो ठाउँ महत्वपूर्ण बन्यो ।

किसान विद्रोहका रुपमा परिचित कम्युनिष्टहरुको आन्दोलनका अगुवा केपी शर्मा ओली पनि सहभागी भएका कारण सुखानी र सालवारीको महत्व अझ बढेर गएको हो ।
अहिले उद्यानको मध्यभागमा रहेको अढाई हेक्टर क्षेत्रफलको प्राकृतिक तलाउ पर्यटकका लागि मुख्य आकर्षण रहेको प्रधानको भनाइ छ । व्यवस्थान समितिले तलाउमा पर्यटकलाई शयर गराउन चारवटा पाइडल डुंगाको व्यवस्था गरेको छ ।

प्राकृतिक वातावरणले भरिपूर्ण उद्यान भएकाले वनभोज खान, घुमफिर गर्न, तलाउमा डुंगा सयर गर्न आउनेको भीड लाग्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here