रगत नमिल्दा ज्यान गयो !

0
859

झापा,
कमलपित्त(जन्डिस) रोगको उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा भर्ना भएकी एक महिलाको उपचारका क्रममा निधन भएपछि अस्पतालले ६ लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
क्रसम्याच नगरी बिरामीलाई रगत दिँदा उपचारका लागि ल्याइएकी पाँचथर याङवारक गाउँपालिका वडा नं. १ निवासी राईलाई २४ गते अस्पताल भर्ना गरिएको थियो । राईको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो । मृतक महिलाका श्रीमान आशिषले अस्पतालमा ब्लडबारे जानकारी नलिई रगत ल्याएको र क्रसम्याच नगरी ब्लड दिँदा उनको मत्यु भएको बताइएको छ ।


नेपाल रेडक्रस सोसाइटीले ए पोजेटिभ रगत उपलब्ध गराएको थियो । उक्त रगत क्रस म्याचका लागि लेखेपनि उपचारमा सम्लग्न नर्सले रगत क्रसम्याच नगरी प्रयोग गरेकै कारण उनको मृत्यु भएको हुन सक्ने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
राईको मृत्युपछि मृतकका आफन्तले अस्पतालमा नारावाजी गरेका थिए ।
सो क्रममा अस्पताल परिसर दिनभर तनब ग्रस्त रह्यो । घटनाबारे सत्यतथ्य खोजी गर्न अस्पताल प्रशासन, रेडक्रसका प्रतिनिधि र पीडित पक्षबिच छलफल भएको थियो । छलफलपछि अस्पतालले मृतकका परिवारलाई ६ लाख रुपैयाँ दिने सहमति भएको बताइएको छ । त्यस्तै उपचारमा लागेको रकम फिर्ता गर्ने र शवलाई मृतकको घरसम्म पु¥याउने भनेपछि सहमतित भएको बताइएके छ ।
श्रीमतीलाई रगत दिनु पर्ने भएपछि पाँच पाउण्ड रगत बीएण्डसस्थित ब्लड बंैकबाट ल्याइएको थियो । राईका श्रीमान आशिषले ५ पाउण्ड रगत सोही ब्लड बैंकबाट ल्याएर प्रयोग गरेका थिए भने छैंटौ पटक रगत लिन पुगेका आशिषले सो ब्लड बैंकमा रगत नभएपछि बिर्तामोड रेडक्रसबाट रगत ल्याएर दिएको बताइएको छ । तर, सो रगत क्रसम्याच नगरी महिलालाई दिँदा उनको मृत्यु भएको बताइएको छ ।
मृतक मुनाको ९ महिनाको सन्तान रहेको आशिषले जानकारी दिए ।
छलफलमा अस्पताल प्रशासन, परिवारका सदस्य, नेकपाका बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाई, नेपाली काँग्रेसका नगर सभापति भोजराज सिटौला, नेपाल रेडक्रस शोसाइटीका झापा सभापति लोकराज ढकाल, नेपाल रेडक्रस शोसाइटी बिर्तामोडका सभापति शजेस शिवाकोटी लगायत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here