भारतसँग सीमा जोडिएको पूर्वीनाकामा चेकजाँचमा कडाई,सयौं संघसंस्था सडकमा

0
566

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण संसारभरका १ सय ६२ देशमा असर परेको छ । मंगलबारमध्यान्हसम्ममा यो भाइरसको संक्रमणका कारण विश्वभरका ७ हजार एकसय ७४ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सवैभन्दा बढी चीनका नागरिक रहेका छन् । चीनपछि इटाली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ । भारतमा ३ जनाको ज्यान गएको छ ।

कोरोना भइरसका संक्रमण हालसम्म १ लाख ८३ हजार २ सय ४७ जनामा देखिएको छ । मंगलबारमात्र यो भाइरसको नयाँ संक्रमण ४ सय १४ जनामा देखिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । यसैका कारण विश्वको अर्थतन्त्र शिथिल बनेको छ ।

छिमेकी मुलुक भारतमा समेत कोरोना भइरसकै कारण ज्यान जान थालेपछि नेपालतर्फ भने उच्च सतर्कता अप्नाइएको छ । नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यमा पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नेपालतर्फ उचच सतर्कता अप्नाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार ईङ्ल्याण्डबाट फर्किएका थिए १८ वर्षीय एक युवकमा कोरोनाको संक्रमण भेटिएको पश्चिम बंगाल सरकारका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

उनमा कोभिड–१९ का लक्ष्ण देखिएपछि बेलियाघाटा अस्पतालको आइसोलेसनमा राखिएको थियो । त्यसपछि चिकित्सकले उनको मुख र नाकबाट लिएको स्वाब परिक्षण गरेका थिए । जसमा कोरोना संक्रमण पोजिटिभ थियो ।
अधिकारीका अनुसार ती युवकको परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ भने ईङ्ल्याण्डबाट फर्किएयता उनको सम्पर्कमा आएका व्यक्तिहरूको जानकारी लिने क्रम पनि चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा र सुनौली बाहेक सवै नाका बन्द गरेपछि भारतको पश्चिम बंगालको रानीगञ्ज नाकासँग जोडिएको नेपालको काँकरभिट्टा नाकामा अहिले चेकजाँचमा कडाई गर्नका साथै बुधबारदेखि आवत जात गर्नेको अभिलेख राख्न थालिएको छ । काँकरभिट्टा नाका भारत सरकारले खुला गरेको रानीगञ्ज नाकासँग जोडिएको छ ।

यसका लागि नेपाल, सशस्त्र प्रहरीदेखि दर्जनबढि सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु स्वतस्फूतरुपमा सडकमा खटिएका छन् । चीनलगायत विश्वका विभन्नि देशमा यस्को संक्रमण भए लगत्तै नेपाल प्रवेशको पुर्वीद्रवारबाट यो संक्रमण भित्रिन र फैलिन नदिन भन्दैं १४ नोवल कोरोना भाइरस परामर्श सहायता कक्षमा स्थापना गरी स्वास्थ्यकर्मी परिचालन गरेर यो नाका भएर ओहोर दोहोर गर्ने सवैको ज्वरो मापम गर्न शुरु गरेको थियो । अहिले प्रत्येक सवारी साधनका चालक, सहचालक र परिचालकलाई यस केन्द्रमा ज्वरो मापन गरिएको भन्ने सिफारीस पत्र अनिवार्य गरिएको छ ।

केन्द्रमा शुरुमा स्वास्थ्य परीक्षण गर्ने संख्या निक्कै न्युन भएपनि पछिल्लो समय निक्कै बढेको र दैनिक १२ हजारको हाराहारीको ज्वरो नाप्ने गरिएको मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताईन् ।
नेपाल घुम्न आएका दुइजना युक्रेनका नागरिक ३४ वर्षीय एन्ड्रील आइगिन र ४३ वर्षीया ओलिना क्लिनिकोलाई ज्वरो देखिएका कारण नोवल कोरोना भाइरस संक्रमण हुन सक्ने आशंकमा नेपाल प्रवेशमा रोक लगाउदैं भारततर्फ पठाइएको राईको भनाई थियो । उनका अनुसार अन्य धेरैमा ज्वरो देखिए पनि सामान्य हो । यसरी ज्वरो देखिएका भारतबाट नेपालमा कामका लागि आउने मजदुर छन् ।

भारतको पश्चिम बंगलासँग सीमाना जोडिएको काँकरभिट्टा नाकामा अनावश्यकरुपमा मानिसको भीड अत्यधिक बढ्ने भन्दैं यसलाई व्यवस्थित बनाउन नगरपालिकाले सवैमा आग्रह गरेको छ । मेचीनगरपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्था ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिको सम्पन्न बैठकले चारआलीस्थित नेपाली सेनासँग सहकार्य गरेर नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा र चारआलीमा कोरोना भाइरस परामर्श सहायता कक्ष स्थापना आग्रह गरेको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताए ।

नगरपालिकाले नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा नगरक्षेत्रमा सञ्चालित औषधि पसलहरुलाई कृत्रिम अभाव सिर्जना नगर्न आग्रह मात्र गरेन बजारमा मास्कको अभाव भइरहेको जनगुनासो बढेसँगै अनुगमन समितिका संयोजक एवम् नगर उप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वमा रहेको अनुगमन टोलीले नगरका विभिन्न ठाउँमा सञ्चालनमा रहेका औषधि पसलको अनुगम गदैं सञ्चालकहरुलाई मास्कलाई अत्यवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको अनुगमन समितिका संयोजक एवम् नगर उप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् । उनले नगरको काँकरभिट्टा, इटाभट्टा, धुलावारी धाइजन तथा चारआलीमा सञ्चालित औषधि पसलको अनुगमन गरेको बताइन् ।

नगरप्रमुख विमल आचार्यले नगरवासीहरुलाई सफाईमा ध्यान दिन तथा अनावश्यक भीडभाडमा नजान र प्रत्येक ठाउँमा स्थानीय संघ सस्थालाई नगरका विभिन्न ठाउँमा हातधुने व्यवस्था मिलाउन आग्रह गरे लगत्तै नगरपालिकाको आग्रहलाई स्वीकार गदैं नगरका विभिन्न ठाउँमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले हातधुने व्यवस्थाका लागि सावुन पानीको व्यवस्थापन गरेका छन् । नगरपालिका परिसर, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, काँकरभिट्टा बसपार्क, वडा कार्यालयहरु, विद्यालयहरुलगायतका सवै ठाउँमा यसको व्यवस्था मिलाइएको छ ।

नगरपालिकामा नगरप्रमुख संयोजक र उपप्रमुख सहसंयोजक रहने गरी नगरपालिका स्तरीय समन्वय समिति तथा प्रत्येक वडामा कम्तिमा एउटा तथा बढीमा आवश्यकता बमोजिम वडा स्तरीय समन्वय समिति गठन गरिसकेको वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामागंको भनाई छ ।

१ सय ४ दशमलव डिग्री फरेनहाइट माथि ज्वरो आउनु, घाटी र टाउको दुख्नु, रुघा र खोकी लाग्नु तथा श्वासप्रश्वासमा समस्या देखिनु यो रोगको लक्षण रहेको हुँदा यस्तो लक्षण कहि कतै कसैलाई देखिए नजीकैको स्वास्थ्य केन्द्रमा तत्कालै सम्पर्क गर्न तथा नियमित सावुन पानीले हात धुन, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिन, जंगली तथा घरेलु पक्षीहरुको सम्पर्कबाट टाढा रहने, खोक्दा हाछ्यँ गर्दा नाक र मुख छोप्न फ्लुको लक्षण देखिएका व्यक्तिबाट टाढा रहन मासु अण्डा राम्रोसँग पकाएर खान चिकित्सकले सुल्झाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here