नगरक्षेत्रमा सञ्चालित उद्योगहरुको अनुगमन

0
810

काँकरभिट्टा,

मेचीनगर नगरपालिकाले नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा बजारमा खाद्य वस्तुसहित अत्यवश्यक सामाग्रीको अभाव हुन नदिन नगरक्षेत्रमा सञ्चालित उद्योगहरुको अनुगमन गर्नुको साथै ती उद्योगबाट उत्पादित वस्तुको अन्तिम मौज्दातको विवरण माग गरेको छ ।

केहिदिनअघि नगरमा सञ्चालित दुईदर्जन बढी औषधि तथा मासु पसलहरुको अनुगमन गरेको नगर स्तरीय अनुगमन टोलीले यसलाई निरन्तरता दिदैं उद्योगको अनुगमन गरेको हो । अनुगमन समितिका संयोजक एवम् नगर उप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वमा १ नमबर प्रदेश समिति सदस्य गोपालतन्द्र बुढाथोकीसहितको सहभागिता रहेको अनुगमन टोलीले नगरका विभन्नि ठाउँम नोभल कोरना भाइरसको सञ्चालनमा रहेको चामल, ग्यास उद्योगको अनुगमन गर्नुको साथै नोभल कोरना भाइरसको संक्रमणबाट बच्न अप्नाइएको पूर्व तयारीका बारेमा जानकारी लिएको थियो ।

टोलीले सुर्य एग्रो, मित्तल राइस मिल, राकेश राइस मिल, राधा कृष्ण इण्डष्ट्रिज तथा मेची ग्यास उद्योगको अनुगमन गरेको नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताउनुभयो । टोलीले ती उद्योगको बार्षिक मासीक उत्पादन तथा खपतका बारेमा सम्बन्धित उद्योगीहरुसँग जानकारी मागेको थियो । उनीहरुले टोलीले माग गरेको जानकारी दिनुका साथै आ आफ्नो उद्योगको मौज्दात विवरण उपलब्ध गराएका थिए ।

मेची ग्यास उद्योगले अहिले बजारमा प्रचार भए जस्तो ग्यासको हाहाकार र कालो बजारी नभएको जानकारी दिएको थियो । अहिले पनि उद्योगमा ९१ हजार ८ सय ८७ केजी ग्यास तथा ६ हजार बढी सिलिण्डर रहेको तथ्याङ्क उपलब्ध गराएको थियो । यो परिमाण मेचीनगरमामात्र खपत हुने भए १३ दिनलाई पुग्ने उद्योगले जनाएको छ ।

यसैगरी, चामल उद्योगले अहिले मौज्दात प्रश्स्त भएकाले मेचीनगरमा खाद्यन्नको अभाव नहुने तर सवारी साधन ठप्प भए ढुवानीमा समस्या हुने बताएका थिए । टोलीमा संलग्न प्रदेश सभा सदस्य बुढाथाकी उपप्रमुख उप्रेतीले मेचीनगरमाक्षेत्रमा उत्पादन भएका यस्ता वस्तु मेचीनगरमा अभाव भएका बखत अन्य जिल्ला ढुवानी नगर्न उद्योगीलाई सुझाव दिदैं यस्तो विषम परिस्थितीमा सवैको साथ सहयोग हुनुपर्ने बताए ।

बजारमा ग्यासहित खाद्यन्नको अभाव भइरहेको जनगुनासो बढेसँगै नगरपालिकाको अनुगमन टोलीले समितिले उद्योगको अनुगम गदैं सञ्चालकहरुलाई अत्यवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको थियो । टोलीले प्रत्येक उद्योगमो मौज्दात धान, चामल, ग्याससहित पछिल्लो पटक खरिद तथा आवश्यक प्रमाण पत्र हेरेको थियो । अनुगमन टोली संयोजक नगर उप्रमुख उप्रेतीले उद्योगमा कार्यरत भारतीय मजदुरहर भए विदा दिन तथा उद्योगमा कार्यरत मजदुरहरुको स्वास्थ्यमा ध्यान दिन र उद्योग परिसरमा हातधुनका लागि सावुन पानीको व्यवस्था गर्न उद्योगलाई सुझाव दिईएकी थिईन् ।

औषधि पसलमा ज्वरो १ सय ४ डिग्री फरेनहाइट माथि आएका, घाटी र टाउको दुखेका, लामो समयदेखि रुघाखोकी लागेका तथा श्वासप्रश्वासमा समस्या देखिएका विरामी आए तत्काल नगरपालिको स्वास्थ्य शाखा तथा काँकरभिट्टामा रहेको कोरोना भाइरस परामर्श सहायता कक्षमा जानकारी गराउन समेत आग्रह गर्नुभयो ।

टोलीमा नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्की, मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, पत्रकार मोहन काजी, उद्योगी विजय डालमियाँ, नेकपा मेचीनगर अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग बाणिज्य संघका सदस्य भूमि पोडैल, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल  इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक यादव सुवेदीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here