कटुवाल परिवारद्धारा चैत महिनाको सटर भाडा नलिने घोषणा

0
848

विर्तामोड।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण अहिले व्यापार व्यवसाय समेत चौपट्ट भएको छ ।

कोरोना भाइरसको संक्रमणवाट बच्न सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै अत्यावश्यक सेवा वाहेकका सेवा वन्द गराएपछि मानिसहरुको चहलपहल नभएपछि व्यापार व्यवसाय समेत ठप्प प्रायः भएको छ ।

व्यापार व्यवसाय नै नभएपछि घरको भाडा कसरी तिर्ने भन्ने चिन्ताले व्यापारीलाई सताएको छ यतिवेला । यिनै समस्यालाई मध्यनजर गर्दै झापाको कन्काइ नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरका समाजसेवी तुलसा कटुवाल , निलडेबिड कटुवाल र राजन कटुवालले एक महिनाको भाडा मिनाह गर्ने घोषणा गरेका छन् ।

लक्ष्मीपुर बजारमा रहेको मार्केटमा दुईवटा भवनमा रहेको २२ वटा सटरमा व्यापार गर्ने व्यापारीलाई चैत महिनाको सटर भाडा नलिने राजन कटुवालले बताए । त्यस्तै सुस्मा कार्की कटुवाल र डेनियल डेविड कटुवालले आफ्नो नाममा लक्ष्मीपुर चौकमा रहेको ६ वटा सटरमा व्यापार गर्ने व्यापारीलाई चैत महिनाको सटर भाडा नलिने घोषणा गरेका छन् । आफूहरुले दुई लाख भन्दा वढीको रकम मिनाह गरेको उनले जानकारी दिए ।

त्यस्तै निलडेबिड कटुवालले कोरोना भाइरसको त्रासका कारण व्यापार गर्ने ब्यापारीलाई व्यापार व्यवसाय गर्न समस्या भएर भाडा तिर्न नसक्ने भएकाले उनीहरुलाई राहतको महशुस गराउन चैत महिनाको सटर भाडा नलिने बताए ।

हेयरस्टाइलिष्ट समेत रहेका निलडेबिडले कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण नेपाल तथा विदेशमा रहेका निलडेविड इन्टरनेशनल हेयर एण्ड ब्युटी सैलुन र एकेडेमी समेत बन्द गरेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here