बिर्तामोड,
सामाजिक संस्था पुल्मोनरी हाइपरटेन्सन एसोएिएसन नेपाल(पिएचए नेपाल)ले झापाका विभिन्न स्थानमा कोरोना भाइरस कोभिड– १९ बाट बच्न सचेतना सहित सेनिटाइजर, हेण्डग्लोव्स, हेण्ड वास,मास्क वितरण गरेको छ ।
पिएचए नेपालले इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय , सशस्त्र प्रहरीवल वेस क्याम्प शनिस्चरे, सशस्त्र प्रहरी गुल्म काँकरभिट्टा, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा, अनारमनी स्वास्थ्य चौकी बिर्तावजारमा पुगेर सचेतना शिक्षा सहित विभिन्न सामग्री वितरण गरेको थियो ।

तीन सय ५० भन्दा बढी सेनिटाइजर, ग्लोव्ससहितका सामग्री वितरण गरेको संस्थाका सल्लाहकार गौरीशंकर गुप्ता टिङ्कुले जानकारी दिए । संस्थाकी महासचिव निलम अग्रवालको संयोजकत्वमा कार्यक्रम भएको थियो ।
नेपालमा कोरोनाको संक्रमण फैलिएको अवस्थामा सबैभन्दा बढी जोखिममा प्रहरी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी रहने भएकाले उनीहरुको सुरक्षाका लागि संस्थाले जनचेतना कार्यक्रम सहित सहयोग गरेको बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील संस्थाले यस अघि पनि विभिन्न सामग्री समाजमा प्रदान गर्दै आएको छ । यस अघि सो संस्थाले मोरङको मंगलवारेमा पुल्मोनरी हाइपरटेन्सन सम्वन्धि स्वास्थ शिविर र बिर्तामोडमा क्यान्सर रोग सम्वन्धि जनचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

त्यस्तै बिर्तामोडमा रहेको अमृता मेडिकोले लायन्स क्लवसंग सहकार्य गर्दै बिर्तामोडमा दुई साता अघि देखि नै हात धुने पानीको व्यवस्था गरेको छ । जनचेतना प्रदान गर्दै संस्थाले हात धुँदा सावुन पानीले हात धुनु पर्ने र सेनिटाइजरको प्रयोग गर्नु पर्ने भन्दै चेतना प्रवाह गरिरहेको छ ।
































बिर्तामोड का औषधि ब्यबसायी गौरी शङ्कर गुप्ता र उहाँको टिम लाई धेरै धेरै धन्यबाद।। यस्तैखाले सहकार्य र सहयोग आगामिदिनहरुमा पनि चलिरहोस।