झापा गाउँपालिकाको विपद् कोषमा कर्मचारीको एक दिनको तबल

0
754

 

झापा,

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट बच्न झापा गाउँपालिकाले सबै गाउँवासीलाई सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा आज गाउँपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विपदको जोखिम बढ्दै गएको र सबैलाई सुरक्षित रहन आग्रह गर्दै गाउँपालिकाको तर्फबाट डिल्लीराज मावि र जनता माविमा १०÷१० वेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ ।

स्थानीय विपद् व्यवस्थापन कोषमा गाउँपालिकामा कार्यरत कर्मचारीले एक दिनको तलव प्रदान गर्ने निर्णय समेत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले जानकारी दिनुभयो ।

गाउँपालिकामा झण्डै ८० जना कर्मचारी रहेको बताइन्छ । यो संगै गाउँपालिकाले झापा गाउँपालिका वासीलाई ८ हजार मास्क वितारण गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी र प्रहरीसंगको साझेदारीमा विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै घर घरमै पुगेर माक्स बितरण गर्ने र आवश्यक पर्ने सामग्री प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत निरौलााले जानकारी दिए । गाउँपालिकाले एम्वुलेन्स सेवासमेत निःशुल्क प्रदान गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here