२५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण देखिएकाे छैन : अध्ययन

0
601

काठमाण्डाै,

केही प्रतिशत व्यक्तिमा काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएकाे एक अध्ययनले देखाएको छ ।

न्यु इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनले लक्षण नै नदेखिएका व्यक्तिबाट कोरोनाको सङ्क्रमण फैलिरहेको देखाएको हो । तर लक्षण नदेखिएका मानिसबाट सङ्क्रमण फैलिन नदिन कुनै तयारी नभएको अध्ययनमा उल्लेख छ । २५ देखि ५० प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि कुनै लक्षण नदेखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

सन् २००३ मा देखिएको सार्सको सङ्क्रमण भने बिरामी भएको सातदेखि १० दिनपछि मात्रै फैलिने गरेकाले सङ्क्रमणबाट बच्ने उपाय अपनाउन पर्याप्त समय हुने गरेको पाइएको थियो । तर कोरोना भाइरसको सङ्क्रमण भएका बिरामीमा लक्षण देखिनु ४८ घण्टाअघि नै सङ्क्रमण फैलिन थाल्ने भएकाले धेरैमा सङ्क्रमण भएको पाइएको अध्ययनमा उल्लेख छ ।

कोरोनाको सङ्क्रमण अहिलेसम्म विश्वका दुई सय ९ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा १६ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये तीन लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएका छन् ।

त्यस्तै साढे ११ लाखभन्दा धेरैको उपचार भइरहेको छ भने साढे ९५ हजारभन्दा धेरैको ज्यान गएको छ । सबैभन्दा धेरै इटालीमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै अमेरिकामा साढे १६ हजारभन्दा धेरै, स्पेनमा १५ हजारभन्दा धेरै, फ्रान्समा १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।-उज्यालो अनलाइनबाट

http://ujyaaloonline.com/story/35420/2020/4/10/as-many-50-percent-of-people-have-no-symptoms

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here