कैदीबन्दीद्वारा गास काटेर राहत हस्तान्तरण

0
619

भीमदत्तनगर,

कञ्चनपुर कारागारका जेल जीवन बिताइरहेका कैदीबन्दीले बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका श्रमिक तथा विपन्न समुदायलाई हस्तान्तरण गर्न खाद्यान्न उपलब्ध गराएका छन् ।

आफूलाई उपभोग गर्न प्राप्त हुने खाद्य सामाग्रीबाट जोगाएर कैदीबन्दीले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा मार्फत् ६ क्वीन्टल चामल र ५० किलोग्राम नुन दैविक प्रकोप उद्धार समितिलाई आज हस्तान्तरण गरेका हुन ।

“दुई क्वीन्टल चामल बिहान दाउरा र तरकारी ल्याउनेलाई वितरण ग¥यौं ।” कैदीबन्दीका नाइके भीम भट्टले भन्नुभयो–“कारागार कोरोनाको उच्च जोखिममा रहेको कुरो प्रमुख जिल्ला अधिकारलाई ध्यानाकर्षण गराएका छौं ।” कैदीबन्दीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै कारागारको क्षमता भन्दा चार गुणा बढी रहेको जानकारी गराएका छन् ।

“सामाजिक दुरी समेत कायम गर्न सक्ने अवस्था कारागारमा छैन ।” नाइके भट्टले भन्नुभयो–“कोरोनाको सन्त्रासले झन समस्या भइरहेको छ ।”

यसैबीच सोमबार राति कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको सुन्दरपुर क्वारेन्टाइनको छतबाट हाम फालेर भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दुवै जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पुनः राखिएको जानकारी दिनुभयो ।

उक्त क्वारेन्टाइनमा २३ जना बस्दै आएका छन् । केही दिनअघि सोही क्वारेन्टान्मा रहेको एक जना ४१ बर्षीय युवकमा कोरोनाको सङक्रमण देखिएको थियो । “भागेकाहरूको खोजतलास गर्दा आफ्नै घर पछाडीको झाडीमा लुकीरहेको अवस्थामा भेटिए ।” उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here