‘काम बिनाको पारिश्रमिक नदिने’ अध्यक्ष मैनाली

0
875

शिवगञ्ज,

बन्दाबन्दीले थलिएको उध्योग तथा व्यापार व्यवसायमा कार्यरत श्रमिकलाई पारिश्रमिक दिन नसकिने व्यवसायीले बताएका छन् ।

कोभिड १९ को विश्वव्यापी प्रभावले जारी बन्दाबन्दी (लकडाउन)का कारण उद्योग व्यवसाय एक महिना देखी ठप्प छन् । व्यापारको सिद्धान्त अनुसार ‘नो विजनेस, नो पे ’ भन्दै व्यवसायीले श्रमिकहरुलाई पारिश्रमिक दिन नसकिने बताएका हुन् ।

बन्दाबन्दी अवधिको सरकारले कर्जामा लाग्ने व्याज , घर भाडा, कर लगायतका विषयमा चुइँक्क नबोल्दा व्यवसायीले मजदुरको रोजीरोटी दिन नसक्ने बताए । ‘सरकारले उद्योगी र व्यवसायीको मर्म बुझेकै छैन । भाषणमा केहि कुरा आएका छन्,’ शिवसताक्षी नगरका उद्योग बाणीज्य संघका अध्यक्ष भोला मैनालीले भने ‘जव सम्म सरकारले निर्णय गर्देन तव सम्म मन्त्रीले बोलेका कुरा पत्याउन सकिन्न ।’

उद्योग व्यवसाय बन्द भएकाले श्रमिकलाई काम नगरेको अवधिको पारिश्रमिक भुक्तानी गर्न नसकिने अध्यक्ष मैनालीले बताए । उनले भने, ‘नो बिजनेश, नो वर्क र नो वर्क नो पे’ को सिद्धान्तअनुरुप पारिश्रमिक दिन सकिदैन ।’ मैनालीका अनुसार मजदुरले खाइपाई आएको तलबमा आधा पेश्की सम्म दिन सकिने छ । लकडाउन खोलेपछि सुरुहुने कामबाट पेश्की कटौती हुने छ ।

शिवसताक्षी नगरमा करिव ४५ जना श्रमिक छन् । कतिपय श्रमिकले तलव नपाउने कुरै नहुने बताए । ‘मालिकले नदिए सरकारले दिनुपर्छ । हाम्रो रोजीरोटी मर्नु हँुदैन,’ एक श्रमिकले भने । श्रमिकका कारणले व्यापार व्यवसाय ठप्प भएका हुन् भने मालिकबाट पारिश्रमिक लिनुहुन्न । ‘सरकारले लकडाउन गर्दा मुलुकका नागरिकका बारेमा पनि त सोचेको होलानी,’ ती श्रमिकले भने ।

सरकारले लकडाउनका बेला यस्तै श्रमिकका लागि राहत वितरण गरेको छ । तीन तहकै सरकारले मापदण्ड बनाएर दैनिक ज्यादादारी मजदुर लगायतकालाई राहत दिएको थियो । कतिपय श्रमिकले सरकारले प्रदान गरेको राहत थापेका थिए भने कतिपय राहत पाउने सुचिमा परेका थिएनन् ।

राहत पाएकाले आफुले काम गरेको व्यवसायीक प्रतिष्ठानका मालिकबाट पारिश्रमिक दावी गरेका छैनन् भने नपाएकाले लकडाउन अवधिको पनि पारिश्रमिक पाउनुपर्ने दावी गर्दे आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here